|

बैतडी : नसर्ने रोगहरुबारे जानकारी जगाउन बैतडीमा कार्यक्रम सुरु हुँदैछ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको सहयोगमा कार्यक्रम सुरु हुन लागेको स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिस्टेन्ट सन्तोष पाण्डेयले बताए।

कार्यक्रमअन्तर्गत नसर्ने रोगहरुको पहिचान, उपचार र औषधि निःशुल्क रुपमा दिइनेछ। जिल्लाका ६८ वटै स्वास्थ्य संस्थामार्फत मधुमेह, श्वासप्रश्वास, मुटु, रक्तचाप, महिलाको स्तन क्यान्सर र पाठेघरको क्यान्सरको पहिचान र उपचार गरिने छ। यसका लागि स्वास्थ्य संस्थाहरुमा उपकरणको व्यवस्था गरिने बताइएको छ।

नसर्ने रोगहरुको व्यवस्थापन (पेन) कार्यक्रमलाई जिल्लामा प्रभावकारी रुपमा सञ्चालन गर्न ६८ वटै स्वास्थ्य संस्थाका प्रमुख र एक जना अहेबलाई तालिम दिइने छ। स्थानीय तहहरुसँग पनि समन्वय गरिने स्वास्थ्य कार्यालयले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.