|

दार्चुला : दार्चुलाको राताकाठामा शुक्रबार राति भएको जिप दुर्घटनामा मृत्यु हुने ११ जनाकै सनाखत भएको छ। दुर्घटनामा घाइते चालक दीपकसिंह धामीलाई उपचारका लागि भारत लगिएको छ। 

दुर्घटनामा मृत्यु हुनेमा दार्चुलाको दुहुँ गाउँपालिका–२ हिकिलाका ४१ वर्षीय कल्यानसिह बडाल, उनकी छोरी १५ वर्षीया निर्मला बडाल, सोही वडाका ३५ वर्षीया परुली धामी रहेका छन्। यस्तै, वडा नम्बर २ का २४ वर्षीय धनबहादुर बम, ४५ वर्षीया गोमती बम, ७१ वर्षीया धाना बम र ५३ वर्षीया मानमती भट्ट रहेका छन्। सोही गाउँपालिकाको वडा नम्बर ४ का ५५ वर्षीय अमरा बम र सात वर्षीया आयुसा बम रहेको प्रहरीले जनाएको छ। 

यसरी नै बैतडीको दोगडाकेदार गाउँपलिका–६ सित्तडका ६० वर्षीय प्रताप चन्द र करिब २१ वर्षीया स्नेहा बम रहेका छन्। मृतक सबैको शव जिल्ला अस्पतालमा राखिएको छ। शव राति १२ बजेसम्म संकलन गरिएको प्रहरीले जनाएको छ।

दुहु गाउँपालिका–३ राताकाठाबाट हिकिलाका लागि छुटेको म १ ज २८० नम्वरको जीप महाकाली किनारमा खसेर दुर्घटनामा परेको हो। उक्त सडकको स्तरोन्नतिको काम भइरहेको छ। निमार्णधीन सडकमा यात्रु झारेर सडक पार गर्नुपर्ने भए पनि यात्रुसहित सडक पार गर्न खोज्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.