|

काठमाडौं :  कुनै बेला सांगीतिक क्षेत्रमा राम्रो प्रभाव जमाउन सफल भएको हेटौंडाका संगीतकर्मीहरुको सांगीतिक समुह ‘सिजन्स ब्याण्ड’ लामो समयपछि दर्शक तथा स्रोतामाझ फर्किएको छ।

२०६१ सालमा आफ्नो तेस्रो एल्बम ‘सात तिया“ एक्काइस’ मार्फत स्रोतामाझ आएको यो समुह १४ वर्षपछि चौथो एकल एल्बममार्फत पुनः सांगीतिक क्षेत्रमा सक्रिय हुने अन्तिम तयारी गर्दैछ। समूहले चौथो एकल एल्बम ‘सिजन्स द न्यु बिगिनिङ’ मार्फत स्रोतामाझ आउने तयारी गरेको हो।

सिजन्स ब्याण्डमा छ जना संगीतकर्मीहरु सक्रिय छन्। चलचित्रको पाश्र्व गायन तथा पृष्ठभुमि संगीत निर्माण व्यस्त भैरहेका संगीतकर्मी सुजिल कर्माचार्य सिजन्स ब्याण्डको लोकप्रिय नाम हो। सुजिल यो समुहमा गायन तथा लिड गिटारिष्टको रुपमा आवद्ध छन्। समुहका अर्का सदस्य हुन् ज्ञानेन्द्र प्रधान। उनी पनि गायन र रिदममा आवद्ध छन्। अर्का सदस्य चन्द्र लामा समुहका गायक तथा ड्रमर हुन्। चलचित्रका गीतहरुमा संगीत संयोजन तथा पृष्ठभुमि संगीत उत्पादनमा सक्रिय संगीतकर्मी शैलेन्द्र प्रधान सिजन्सका किबोर्डिष्ट हुन्। संगीतकर्मी सञ्जय श्रेष्ठले बास गिटारिष्टको जिम्मेवारी सम्हालेका छन्। उपेन्द्र श्रेष्ठ भने ब्याण्डका व्यवस्थापक हुन्।

विगतमा सिजन्स ब्याण्डले गाएका गीतहरु मध्ये सुनेको कुरा, असार साउन, रातो माटो, असफल जिन्दगी, सपना मात्र आदि लोकप्रिय गीतहरु स्रोता तथा दर्शकहरुलाई दिइसकेको छ। समुहले २०५६ सालमा पहिलो एल्बम ‘ख्याल ख्यालैमा’ तथा २०५८ सालमा दोस्रो एल्बम ‘सिजन्स’ सार्वजनिक गरेको थियो। सिजन अर्थात ऋतु। समुहले आफ्ना सिर्जनालाई ऋतु झैं परिवर्तनशील बनाउने अवधारणा बनाएको छ। जस अनुसार संगीत सिर्जनामा समेत परिवर्तनशील रहने योजना अनुरुप स्थापना भएको सिजन्स ब्याण्डले करिव डेढ दशकपछिको पुनरागमनका लागि आध्यात्मिकसंगै संगीतका अधिकांश शैलीलाई अनुशरण गर्ने लक्ष्य लिएको छ। ब्याण्डको नयाँ एल्बमका गीतहरुमा आध्यात्मिक भाव पाउन सकिन्छ।

यसैबीच, ब्याण्डले शिवरात्रीको पूर्वसन्ध्या तथा विजया एकादशीको अवसर पारेर आज शनिवार मात्र चौथो एल्बमको पहिलो गीत ‘भन्छन् नारायण...’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ। चौथो एल्बम तयार पार्ने क्रममा सिजन्सलाई स्टेरियो रेकडले व्यवस्थापकिय साथ दिएको छ। ब्याण्डको नयाँ एल्बम तथा म्युजिक भिडियोहरुलाई स्टेरियो रेकर्ड्सले व्यवस्थापन गर्ने रेकर्ड्सका मेनेजर निरज श्रेष्ठ बताउँछन्। निरजका अनुसार निकट भविष्यमै सिजन्स ब्याण्ड लाइभ कन्सर्टमार्फत समेत दर्शकमाझ आउने तयारी गरिरहेको छ।

यस्तो छ सिजन्स ब्याण्डको को नयाँ म्युजिक भिडियो

  अघिल्लो समाचार

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.