|

काठमाडौं : विगत १० वर्षदेखि अस्ट्रेलियामा बसोबास गरिरहेका गायक संजीव खरेलले 'बादल' बोलको दोस्रो म्युजिक भिडियो सार्वजनिक गरेका छन्। स्लो रोमान्टिक भर्सनको यस गीतमा स्वयं गायक खरेलको स्वर, शब्द र संगीत रहेको छ। गीतको एरेन्जमेन्ट गोपाल रसाइलीले गरेका हुन्।

रमाइलो ठाउँमा शुट गरिएको गीतको भिडियोलाई बुद्ध लामाले खिचेको हुन् भने सुप्रीम पराजुलीले भिडियो सम्पादन गरेका हुन्। श्रेया कार्की र अनुराग ठकुरीको अभिनय रहेको यस गीतको भिडियोलाई अर्जुन तिवारी तथा अन्नपूर्ण फिल्म्सको टिमको निर्देशनमा तयार भएको हो। भिडियो संजीव खरेलको अफिसिएल युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.