मनोरञ्जन

बिकु क्षेत्रीको जाऊँ हिँड सार्वजनिक [भिडियो]
SHARES

फागुन १८, २०७५

    काठमाडौं : सबैको सपनाको देश हो अमेरिका। यही सपनाको देशमा बसेर कलाकार बनेर नाम, सम्मान कमाउने सपना देख्ने प्रतिभाशाली कलाकार धेरै छन्।  जहाँ भए पनि आफ्नो कला, संस्कृतिप्रति अति नै माया र सम्मान छ भन्ने कुरा नेपालीभाषी भुटानीहरूले अमेरिकामा देखाएका छन्। नेपाली संगीत र सिनेमामा उनीहरूको योगदानले पनि यो प्रष्ट हुन्छ। 

    हाल अमेरिकामा बसोबास गरिरहेका नेपालीभाषी भुटानी कलाकार मध्यका एक हुन्, बिकु क्षेत्री। सुमधुर स्वरका प्रतिभावान यी गायकले केही दिनअघि आफ्नो पहिलो गीतको भिडियो सार्वजनिक गरेका छन्। "जाऊँ हिँड" बोलको यस गीतमा स्वर बिकु क्षेत्रीको रहेको छ भने शब्द रवीन बिस्टको रहेको छ। डम्बर खापुङले संगीत भरेको यो गीतलाई उदय राज पौडेलको एरेन्जमेन्ट गरेका छन्। 

    गीतको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन्। सुबोल थापाले कोरियोग्राफ गरेको भिडियोमा चर्चित जोडी पल शाह र आँचल शर्माको अभिनय रहेको छ। नवीन निरौलाले भिडियोलाई सम्पादन गरेका हुन्। पदन चुवानको निर्माणमा बनेको भिडियोलाई गम्भीर बिस्टले निर्देशन गरेका हुन्।

    भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]