स्थानीय सरकारले सहयोग नगरेको गुनासो

|

डडेल्धुरा : सानै उमेरबाट खेलप्रति अभिरुचि राख्ने गौरी हमाल अहिले डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाउँमा तेक्वान्दो प्रशिक्षण गर्दै आएकी छिन्।

भुवनेश्वरी नमुना मावि कक्षा १२ मा अध्ययनरत छात्रा गौरी हमाल हरेक दिन बेलुकी बालबालिकालाई तेक्वान्दो खेल सिकाउनमा व्यस्त देखिन्छन्। विद्यालकै मैदानमा बेलुकी हुँदा साथ ३५ भन्दा बढी बालबालिकालाई गौरीले मार्सलआर्ट तेक्वान्दो सिकाइ रहन्छिन्। मार्सलआर्ट बाटै ‘ब्लाकबेल्ड’ गौरीले पछिल्लो ६ महिनायता यहाँका बालबालिकालाई मार्सलआर्ट तेक्वान्दो खेलाउँदै आएकी हुन्।

जिल्लाको भित्रिमधेस जोगबुढाको परशुराम नगरपालिका–५ परिगाउँमा रहेको भुवनेश्वरी नमुना माविमा अध्ययनरत गौरी सानैदेखि तेक्वान्दो खेल्दै आएकी हुन्। उनी आफू ‘ब्ल्याकबेल्ड’ भइसकेपछि बालबालिकाहरुलाई पनि आफूले सिकेको खेल सिकाउँदै छिन्। उनले खेलाउने खेलाडी अहिले ‘ब्लुबेल्ड’ सम्म पुगिसकेका छन्।

आफूले सिकाउने खेलाडीलाई उनले प्रत्येक ३÷३ महिनामा बेल्ड दिने गर्छिन् उनी। खेलको आधारमा खेलका चरणहरू सजिलै पार गर्ने बालबालिकालाई तीन–तीन महिनामा बेल्ड फेर्दै माथि बढाउँदै लैजाने उनले बताइन्। खेलाडीलाई प्रमोसनका साथै उत्साह हौसला दिनका लागि गौरीका गुरु राजेन्द्र मडैंले बेल्ड बाड्ने गर्दछन्।

गौरी मार्सलआर्टको ‘ब्ल्याबेल्ड’ भइ सकेपछि ५३/५७ केजी तौल समूहमा प्रतिस्पर्धासमेत गर्दै आएकी छन्। उनले अहिलेसम्म खेलेका खेलमध्ये सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७३ अन्तर्गत क्षेत्रीय छनौट प्रतियोगितामा द्वितीय भइन्।

राखेप च्याम्पियनसिप २०७४ सुदूरपश्चिमाञ्चल क्षेत्रीय तेक्वान्दो प्रतियोगितामा गौरीले प्रथम भएकी थिइन् भने २०७५ मा राष्ट्रिय तेक्वान्दो एसोसियनको आयोजनामा जिल्ला तेक्वान्दो च्याम्पियनसिपमा उनी ५५ केजी तौल समूहमा च्याम्पियन बनिन्।

राष्ट्रिय तेक्वान्दो एसोसिएसन नेपादलको जिल्ला तेक्वान्दो च्याम्पियनसिप २०७५ मा नै उनी जिल्ला च्याम्पियन पनि बनिन्। राखेप च्याम्पियनसिप २०७४ मा भने उनी तृतिय भएकी थिइन्। जिल्ला स्तरमा हुने प्रतियोगितामा कहिले प्रथत त कहिले द्धितिय स्थान ल्याउन उनी सफल बनेकी छन्।

गौरीले प्रशिक्षण गराए वाफत सय रुपैयाँ शुल्क तोकिछन्। तर, त्यो सय रुपैयाँ पनि बालबालिकाहरु दिन्छ मान्दैनन्। ‘३५ जना माध्ये ४/५ जना मात्रैले शुल्क दिन्छन् अरु दिँदैनन्।’ उनले भनिन्,–‘धेरैको खेल्ने रहर छ तर उनीहरुसँग पैसा हुँदैन। त्यहिँ भएर म आउन खेल सिकाइदिन्छु भन्छु उनीहरु आउँछन् खेल्छन्।’

स्थानीय सरकारले सहयोग नगरेको गुनासो

घर नजिकैको विद्यालयमा अध्ययनरथ गौरी ‘ब्ल्याकबेल्ड’ पछि विद्यालयमा नै गाउँका बालबालिकाहरुलाई तेक्वान्दो खेलाउँदै आएपनि स्थानीय सरकारले अहिलेसम्म तेक्वान्दो खेलकुदमा सहयोग गर्न नसकेको बताउँछिन्। प्रतियोगिताका लागी काठ्माडौं जानु पर्दा तीन जना प्रतियोगीका लागि नगरपालिका तथा वडाले ७ हजार मात्रै छुटाउँदा निरास भएको उनले सुनाइन्।

‘प्रतियोगितामा भाग लिन हामी तीन जना जानु पर्ने थियो। नगरपालिका, वडासंग गुहार गर्दा ७ हजार दिने कुरा भयो। म त आफ्नै खर्चमा गए तर अरु दुई जनाले सहभागिता जनाउन नसक्दा निरास भइयो।’ उनले भनिन,– ‘खास गरी थोरै मात्रमा खेलकुद प्रतियोगिता हुने डडेल्धुरा । त्यसमा पनि पछाडी परेको जोगबुढा क्षेत्रमा खेलकुदका प्रतियोगिता हुँदैनन्। राम्रा राम्रा क्षमतावान खेलाडीहरु छन्। तर आर्थिक रुपमा कमजोर सबै खेलाडीको घर परिवार छ। जिल्ला बाहिर हुने प्रतियोगिताहरुमा सहभागिता जनाउन नसक्दा क्षमता देखाउन सकिएको छैन।’

सकेअनुसार जिल्ला बाहिर तथा संघिय राजत्रानि काठ्माडौंसम्म प्रतियोगितामा भाग लिइए पनि दक्ष कोच नहुँदा आवश्यक ज्ञान हासिल गर्न नसकिने अवस्था रहेको गौरीले बताइन्। काठ्माडौंमा हुने प्रतियोगिताहरुमा सुदूरपश्चिमको आफू हुँदा अपहेलित हुन पर्ने एवं अन्य बहानामा अंक गुमाइ क्षमता माथि खेलवाड हुने गरेको उनको आरोप छ।

विपद् जोखिमले जिल्लाको अति संकटासन्न क्षेत्रमा रहेको जोगबुढा र त्यसमा पनि महाकाली, रंगुन पन्तुरा नदीको कटानमा रहेको परिगाउँ विकट क्षेत्रमा मार्सलआर्ट सिकाई रहेकी गौरीले सरकारले खेलकुद क्षेत्रलाई प्रोत्साहान गर्न नसकेको बताउँछिन्। देश नयाँ संरचना संघीय तहमा गएपनि काम गर्ने शैली परिवर्तन नभएको उनको बुझाइ छ।

गाउँ–गाउँमा सिंहदरबार भनिए पनि महिला तथा स्थानीयका माग बमोजिमका काम अहिले पनि हुन नसक्दा निरास बन्नु पर्ने सिर्जना उत्पन्न भएको उनले बताइन्। खेलकुद क्षेत्र तथा त्यसमा पनि तेक्वान्दाको विकासका लागी परशुराम नगरपालिका तथा आफ्नो वडाले कुनै गतिविधि गर्न नसक्दा आफू प्रशिक्षकमै सीमित बन्न पुगेको उनको बुझाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.