|

काठमाडौंः देशभरका राहत शिक्षक आन्दोलनमा उत्रिएका छन्। संघीय शिक्षा ऐनले राहत शिक्षकलाई विभेद गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्। 

आइतबार राहत शिक्षकहरुले काठमाडौंमा माइतिघरमा प्रदर्शन गरेर नाराजुलुस गरेका छन्। देशभरका शिक्षकहरु जम्मा भएर काठमाडौंमा आन्दोलन गरेका हुन्। माइतिघरबाट सुरु भएको शिक्षकहरुको नाराबाजी बानेश्वरतर्फ प्रस्थान गरेको छ।

राहत शिक्षक केन्द्रीय समितिका महासचिव कर्ण मगरले आफूहरूका माग पूरा नभएपछि माग पूरा गराउनका लागि आन्दोलन गरिएको जानकारी दिए।
 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.