|

पर्सा : आइतबारदेखि फागुन २२ गते बुधवारसम्म वीरगंजमा हुने भनिएको गायत्री अश्वमेध महायज्ञ सुरु भएको छ। वीरगन्जको घण्टाघर चौकबाट सहभागीहरुको बाक्लो उपस्थितिमा कलश यात्रा निकाली बजार परिक्रमा गर्दै महायज्ञस्थल वीरगन्जको आदर्शनगर रंगशालामा पुगेपछि पुरोहितहरुले स्वस्तिवाचन गर्दै अश्वमधे महायज्ञको सुभारम्भ गरेका हुन्। 

नेपालका राष्ट्रपति विद्या देवी भण्डारीले उद्घाटन गर्ने आयोजकले हल्ला गरे पनि राष्ट्रपति भण्डारी भने नआउने पक्का भएको छ। राष्ट्रपति नआउने भएपछि पुरोहितबाट मन्त्रोच्चारण गर्दै गायत्री अश्वमेध महायज्ञ सुरु भएको हो। गायत्री अश्वमेध महायज्ञमा १००८ कुण्ड निर्माण नभए पनि घोडाको प्रतिकात्मक रुप भने निर्माण गरी सजाइएको छ। 

नेपालमा नै पहिलोपटक गरिएको भनिएको गायत्री अश्वमेध महायज्ञमा भिभिआइपी पनि आउने भनेपछि नगरक्षेत्रको सुरक्षा व्यवस्था भने कडा पारिएको छ। महायज्ञस्थलमा आइतबार नेपाल र भारतका गायत्री परिवारका सदस्य र स्थानीयको बाक्लो उपस्थिति रहेको छ। शुक्रबारदेखि नै आगन्तुक पाहुनालाई स्वागत तथा सत्कारको लागि पनि टोली परिचान भइसेकेको वीरगंजमा अखिल विश्व गायत्री परिवारका अध्यक्ष डा.प्रणव पाण्ड्या तथा सोही परिवारकी प्रमुख शैलबाबा पाण्डया तथा पुजारीहरूको वीरगंजमा उपस्थिति भइसकेको छ। 

चार दिनमा पाँच लाख सहभागी आउने अपेक्षा गरिएको आयोजकले जनाए अनुसार आगन्तुक पाहुनालाई निशुल्क भोजन, अवास तथा औषधी उपचारको व्यवस्था पनि मिलाइएको महायज्ञ आयोजक समितिका सह संयोजक अशोक वैद्यले बताए। त्यसको लागि वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको छात्रवास र छात्रावास मैदानमा टेन्ट धर्मशाला तथा ३ हजार वीरगंजवासीले होमस्टेको पनि सुविधा दिएको आयोजकको दावी छ।

गायत्री अश्वमेध महायज्ञमा २५१ हवनकुण्ड बनाइने भनी व्यापक प्रचार भए पनि हवन कुण्ड भने २५२ वटा निर्माण गरिएको छ। एक पटकमा प्रति हवनकुण्डमा ६ जनाको दरले करिब १५०० जनाले एकै पटक हवन गर्ने गरी कुण्ड निर्माण भएको कुण्ड निर्माणकर्ता वास्तुविद कान्ता प्रसादले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.