|

काठमाडौं : रोजगारीको सिलसिलामा इजरायल पुगेकी मनिषा प्रसाईले शिवरात्रीका दिन काठमाण्डौमा कविता कृति सुस्केरा सार्वजनिक गरेकी छिन्।

उनको कृतिको प्रमुख अतिथि डा. विष्णुविभु घिमिरेले विमोचन गरेका छन्। मनीषको कवित्व चेताना निकै उर्वर रहेको उनले बताए। साहित्यसुधा नेपालकी अध्यक्ष कल्पना काफ्लेको सभापतित्वमा भएको समारोहमा कृतिकार प्रसाईले अनलाईनबाटै आफ्ना कुरा सुनाउँदै आमन्त्रित सबैमा आभार व्यक्त गरिन्। 

विमोचित कृतिको समीक्षा र शुभकामना मन्तव्य  दिँदै कवि डा. रामप्रसाद ज्ञवाली मनीषाको मन प्रतिभाशाली भएको सुनाए। कवि प्रभा भट्टराई, कलानिधि दाहाल र रमेश पौडेलले पनि परदेशी भूमिबाट नेपाली साहित्य विश्वव्यापी भएको बताए। 

मनीषामा कविताको प्रचुर सम्भावना रहेको समीक्षक सबै एक मत देखिए। सामाजिक सञ्जाल फेसबुकबाटै साहित्यसुधा समूह शुरु गरेर आफ्नो लगायत संसारभरिका नेपाली प्रतिभाहरुलाई समेट्दै आएकी मनीषाको सोचले नेपालमा समेत संस्थाको रुप लिइसकेको छ। 

गतहप्ता मात्रै साहित्यसुधा नेपाल नामक साहित्यिक संस्थाको विधिवत शुभारम्भ भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.