|

जनकपुरधाम : नेपालका पहिलो जनकपुरधाम-जयनगर रेलमार्ग सञ्चालनका लागि दुई रेल्वेको किन्ने प्रक्रिया सुरु भएको छ। भारतको सिमावर्ती क्षेत्र जयनगरबाट नेपालको धनुषाको जनकपुरधाम उप-महानगरपालिकाको कुर्था सम्मको रेलमार्गमा रेल चलाउनका लागि अहिले लाई दुईवटा रेल भारतीय कम्पनीलाई किन्ने प्रक्रिया सुरु भएको हो।

नेपाल रेल्वे विभागका महानिर्देशक बलराम मिश्रका अनुसार अर्डर गरिएका रेल आउँदो वैशाख महिना सम्ममा नेपाल आउने जानकारी दिए। उनले भने, ‘नेपाल सरकारले सरकारी माध्यमबाट भारतीय राजदुतावासमार्फत रेल्वे किन्ने प्रक्रिया सुरु भइसकेको छ। सरकारको १ अर्ब भन्दा केही कम मूल्य पर्ने रेल किन्ने प्रक्रिया छ। तर पहिला एउटाको डेढ अर्ब जति पर्छ भन्ने कुरा भएको थियो। तर त्यति नपर्ने भयो। अलि कम हुन्छ।’

उनले नेपाल–भारत नयाँ सुचारु हुन लागेको रेलको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्दघाटन गर्ने समेत जनाए। भारतीय पक्षबाट पनि भारतका प्रधानमनत्री नरेन्द्र मोदीलाई नै उदघाटनमा आउन आग्रह गर्ने सोच बनाइए पनि भारतमा लोकसभाको चुनाव हुन लागेकोले आउने–नआउने निश्चित नभएको उनको भनाइ थियो।

उनका अनुसार २ वटा रेलको मूल्य करिब १ अर्ब रुपैयाँ पर्नेछ। रेल नयाँ हुने, सिट संख्या करिब ५०० जति हुने तथा उभिएर १३ सय जनासम्म अट्न सक्ने रेल किन्न लागिएको महानिर्देशक मिश्रले बताए। अर्डर गरिएको रेलमा डबल इन्जिन हुने भएकाले घुमिरहनु नपर्ने महानिर्देशक मिश्रले जानकारी दिए। यसअघि रेल भाडामा लिने कि किनेर चलाउने भन्ने सम्बन्धमा छलफल भएकोमा भाडामा लिने भन्दा किनेरै चलाउने निष्कर्षमा सरकार पुगेर प्रक्रिया अघि बढेको हो।

भारतको जयनगरदेखि जनकपुरधाम हुँदै कुर्थासम्म निर्माण गरिएको ३५ किलोमिटर लामो रेल मार्गमा ब्रोडगेज रेल चलाउन लागिएको हो। जयनगरदेखि जनकपुरसम्म २९ किलोमिटर र जनकपुरबाट कुर्थासम्मको ६ किलोमिटर गरी उक्त रेलमार्ग ३५ किलोमिटरको छ। पछि त्यसलाई विस्तार गरेर ५२ किमी बनाइने कार्यक्रम रहेको छ।

राणाशासन कालमा न्यारोगेज रेलवे ब्रिटिश सरकारले सन् १९७२ मा बनाइदिएको हो। ३९ किमी लामो सो रेलले भारतको रक्सौल र नेपालको अमलेखगञ्जलाई जोडेको थियो। त्यहाँबाट भीमफेदीसम्म हेभी इक्विपमेन्ट लग्न सजिलो पारिएको थियो। दोस्रो बेलायतले नै सन् १९३७ मा बनाइदिएको ४५ किमी लामो रेलमार्ग जयनगरबाट जनकपुरसम्म नेपालको काठ भारत लग्नको लागि बनाइएको थियो। पछि त्यसलाई बिजलपुरासम्म विस्तार गरिएको हो।

रक्सौल-अमलेखगञ्ज रेलवे ट्रयाक सन् १९६५ सम्म अपरेसनमा रहेकोमा जनकपुर र बिजुलपुराबीचको रेलवे लाइन सन् २००१ मा बन्द भएको थियो। रेलको उद्दघाटन यसअघि रामजानकी विवाह महोत्सवकै समयमा हुने भनिए पनि त्यो निकै पर धकेलिएको जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.