|

रसुवा : चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ स्याफ्रुबेसी सडकमा ‘ब्लास्टिङ’ सुरु भएको छ। वर्षातको समयमा सडकमा झरेको ढुङ्गा पन्छाउन मंगलबारदेखि ब्लास्टिङ सुरु गरिएको हो। ब्लास्टिङ गर्नु पर्ने भागमा अहिले होल खोप्ने काम सकिएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाका प्रमुख सुबोध देवकोटाले बताए। छमैलुङ स्याफ्रुबेसीसम्मको विभिन्न भागमा ब्लास्टिङ गर्नुपर्ने छ’,उनले भने, ब्लास्टिङ सकिएपछि पन्छाउन चार दिन जति लाग्छ।'

 मैलुङदेखि स्याफ्रुसम्मको १७ किलोमिटर सडकमध्ये २०० मिटर सडकको काम मात्रै बाँकी छ। उक्त भागमा ब्लास्टिङ गर्नुपर्ने बताइएको छ। त्यस्तै ब्लाष्टिकङ सकिएको चार दिनमा सडक सुचारु गर्न सकिने गरि काम अघि बढाएको उनले बताए। उनले भने अबको करिब १० दिनमा पूर्ण रूपमा सडक सञ्चालनमा ल्याउने योजना बनाएका छौ“,

त्यस्तै यसअघि सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन गर्नुपर्ने र ब्लाष्टिकङका लागि समयमै अनुमति नपाउदाँ सडकको स्तरोन्नतिमा ढिलाइ भएको थियो। भने यो सडकमा गत पुस अन्तिम साताबाट मात्र स्तरोन्नतिको काम सुरु भएको थियो। 

२०७२ वैशाख १ गतेदेखि निर्माण कार्य सुरु भएको सडकको गत जेठ ६ गते ट्रयाक खोल्ने कार्य सम्पन्न भएको थियो। ट्रयाक खोलेपछि केही दिन सवारी सञ्चालनका लागि अनुमति दिइएको थियो। राष्ट्रिय प्राथमिकता प्राप्त मैलुङ–स्याफ्रुबेसी सडक खण्ड नेपालि सेनाले निर्माण गरेको डबल लेनको सडक हो। सो सडक खण्डको लम्बाइ १७ किलोमिटर रहेको छ। उक्त सडक नेपाली सेनाले निर्माण सम्पन्न गरेर गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरिसकेको छ। गत जेठमा उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल मैलुङ पुगेर मैलुङ–स्याफ्रुबेंसी सडकको उद्घाटन गरेका थिए।

२५ किमि दूरी छोटिने

नेपाली सेनाले निर्माण गरेको यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो हुने छ। बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ। पासाङल्हामु राजमार्ग अन्तरगत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नु पर्ने भए पनि यो सडकमा एउटा पनि घुम्ती छैन। 

काठमाडौंदेखि गल्छी ४४ किमी, गल्छीदेखि बट्टार २२ किमी, बट्टारदेखि बेत्रावती ११ किमी, बेत्रावतीदेखि मैलुङ १२ किमी र मैलुङदेखि स्याफ्र १७ कि.मी. दूरी रहेको छ। काठमाडौंदेखि बेत्रावती धुन्चे रसुवगढीको दूरी १४५ किलोमिटर रहेको छ। काठमाडौंदेखि बेत्रावती मैलुङ हुँदै रसुवागढी जोड्ने सडकको दूरी १२२ किलोमिटर मात्र हुनेछ।

बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भए पनि मैलुङतर्फबाट हिँडनका लागि कुनै पनि घुम्ती पार गर्नपर्दैन्। यस्तै, राम्चे, मुलखर्क र ग्राङमा पर्ने पहिरोको चिन्ता र जोखिमपूर्ण भिरको सडक समेत भएकाले वेत्रावती स्याफ्रुबेसी सडक सञ्चालन गर्न मैलुङ तर्फबाट सरकार बढी आकर्षित देखिएको छ। चीनसँगको व्यापारिक नाका तातोपानी बन्द भएपछि चासो र चर्चाको केन्द्रमा छ, अहिले चीनसँगको एक मात्र व्यापारिक नाका रसुवागढी।  तर, चीनको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने सडकमार्गको अवस्था भने चर्चा गर्न योग्य छैन। 

सडक सञ्चालन नहुँदा स्याफ्रुबेसी वा टिमुरे जाने सवारी धुन्चेबाट घुमेर जाँदा यसले सवारी चालक र यात्रुले सास्ती भोग्न बाध्य छन्। दिनहुँ सयौँ लिटर पेट्रोलियम पदार्थको खपत बढेको कन्टेनर चालकहरूले बताएका छन्। चीनसँगको एक मात्र सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ स्याफ्रुबेसी खण्डको ट्रयाक बन्द रहँदा यहाँका व्यवसायीहरुलाई समेत असहज भएको बताइएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.