|

काठमाडौं : लामो समयको रस्साकस्सीपछि अन्ततः सरकारले संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको छ।

पढ्नुस् :

नेपालको संविधानको धारा २७४ को उपधारा १ ले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने स्थिति बाहेक संविधान संशोधन गर्न सकिने व्यवस्था गरेको छ।

संसद सचिवालयका प्रवक्ता डा. भरत गौतमले संविधान संशोधन विधेयक ५ दिनपछि संसदमा पेश हुने जानकारी दिए। संशोधन विधेयकमाथि संसदमा ४ दिनसम्म सैद्धन्तिक छलफल हुनेछ। उक्त चार दिनमा नागरिकको जानकारीका लागि संविधान संशोधन विधेयक राजपत्रमा प्रकाशित गर्नुपर्ने व्यवस्था छ। सबै सांसदले चाहेमा संशोधन विधेयकमाथि आफ्नो धारणा राख्न पाउँछन्।

राजनीतिक दलहरुबीच सहमति भएमा सैद्धान्तिक छलफलको समय छोटिन पनि सक्छ। सैद्धान्तिक छलफलपछि विधेयक पारित गर्न व्यवस्थापिका संसदलाई तीन दिनको समय उपलब्ध हुने प्रवक्ता गौतमले जानकारी दिए।

संशोधन प्रस्ताव सहितको छलफल सकिएपछि यसलाई सदनमा निर्णयार्थ पेश गरिनेछ। संशोधन विधेयक पारित गर्न संसदको दुई तिहाई आवश्यक पर्छ। संसदमा अहिले ५ सय ९४ सांसद छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.