९० प्रतिशत काम सकेको महानगरको दाबी

|

काठमाडौः विद्या सुन्दर शाक्य काठमाडौं महानगरको प्रमुख भएको आज ६११ दिन भएको छ। उनले निर्वाचन हुनुभन्दा अघि  र शपथग्रहण गरेपश्चात १०१ घोषणापत्र जारी गरेका थिए। प्रमुखमा निर्वाचित भएपछि काठमाडौंलाई विश्वको सुन्दर सहरसमेत बनाउने प्रतिबद्धता गरेका थिए। उनले गरेको घोषणाहरू घोषणापत्रमा नै आजसम्म सीमित भएका छन्। घोषणापत्रमा गरेको सुन्दर सहरको घोषणापत्र अहिले अक्षर मात्र सुन्दर भएर थन्किएका छन्।

देशकै ठूलो र पुरानो महानगरपालिका काठमाडौं हो। काठमाडौं देशको केन्द्रीय राजधानी पनि हो। काठमाडौंले समग्र देशको प्रतिनिधित्त्व गर्दछ। आफैँमा सबल र सक्षम भएको काठमाडौंले मुहार फेर्न नसक्दा घोषणाहरुपत्र घोषणापत्रमा नै सीमित छन्। घोषणा गर्नु र काम गर्नुमा कति फरक छ भनेर यही मेयरको घोषणापत्रले देखाएको छ।

सन्तुष्ट हुनेगरी काम भएको छैन

वडा नम्बर ३ का आशिष श्रेष्ठ जनप्रतिनिधि आएपछि केही परिवर्तन भए पनि अपेक्षा भने पूरा नभएको बताउँछन्। 'आशा गरेबमोजिम नै त हामीले अनुभूति गर्न पाएको छैनौँ ।' महत्वाकांक्षी घोषणा भएको उनको दाबी छ। 'काठमाडौं महानगरपालिका भनेको देशको राजधानी हो, यसले देशको प्रतिनिधित्व गर्छ तर मेयरको घोषणाअनुसार पूरा नहुनु धेरै दुःखद हो।' उनले भने, 'मेयरको यो काममा भने सन्तुष्ट म भने भएको छैन। महानगरको कल्पना मात्र भएको छ,यथार्यमा परिणत भएको छैन।'

घोषणापत्रमा मात्रमा विकास कुरा आएको सामाखुसी स्थायी घर भएका विष्णुमाया गुरुङ्ले बताइन्। अहिले पनि मेरो घर अगाडी बाटो बन्न नसकेको गुनासो गरिन । 'मेयरको घोषणापत्रमा विकास त निर्वाचन हुने बितिकै हुने भनेको थियो अहिलेसम्म भएको छैन' ,उनले भनिन,' यहाँ विकास केही भएको छैन, हिजोआज त किन भोटमा गएर मत दिए जस्तो लाग्छ ।' घर अगाडि अझै पनि बिजुलीको तार त्यतिकै झुन्डिएको जानकारी गराइन्।

मेयरको १०१ घोषणापत्र अनुसार काम नभएको वडा नम्बर ५ का अध्यक्ष रमेश डंगोलले बताए।' हचुवाको भरमा घोषणापत्र ल्याएको हो, भिजन बिना ल्याएको र निर्वाचनमा विजय हासिल गर्न यो घोषणापत्र ल्याइएको हो ,'उनले भने,' जति घोषणा लेख्न सजिलो थियो आज मेयरलाई काम गर्न गाह्रो छ।' समन्वयको अभाव र कर्मचारीले सहयोग नगरेको कारणले पनि लक्ष्यअनुसार काम गर्न नसकेको उनले दाबी गरे। काठमाडौं महानगरपालिका भनेको पुरानो महानगरपालिका हो । यसमा सरकार जति जिम्मेवार हुनुपर्ने हो उति मेयर जिम्मेवार हुन नसकेको उनको धारणा छ। 

यद्यपि केहीँ घोषणाहरु भने साकार भएका छन। घोषणाका अन्य बुदाँहरु यथावत रहेको छ। केहीँ हुन कार्यान्वयनमा बाँकी छन। प्राविधिक र डकुमेन्टेन्सन पनि निर्माण भएर अगाडि बढिसकेको छ।

मेयरले १०१ घोषणापत्र जारी गरिसकेकोमा लगभग ८०-९० वटा काम पुरा गर्न प्रक्रियामा गइसकेको काठमाडौं  महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल बताउँछन्। केहीँ कामहरु प्रक्रियामा छन केही सम्बन्धित निकायमा गएर अडकिएको उनले बताए। योजनाहरू घोषणापत्र अनुसार नै बढेको समेत डंगोलले दाबी गरे ।

नो ट्राफिक जाम र सही  समय पनि लागू भइसकेको छ। 'तारहरु पनि भूमिगत गर्ने र सडकका खाल्डाखुल्डी समेत पुरिएको छ।' उनले भने,' फ्रि वाइफाइ जोन समेत सञ्चालनमा आइसकेको छ।'

काठमाडौं महानगर प्रमुखले गरेका केही घोषणाहरू

१ हाल राज्यले दिएको मासिक सुरक्षा भत्तामा रु. ३००० थप गरी रु. ५००० बनाउने । ८४ वर्ष पुगिसकेकोलाई  रु.१०,००० मा २००० थप गरी रु.१२ हजार बनाउने (मेयरले गर्ने प्रथम निर्णय) थप सुविधाहरु क्रमशः बढाउन अध्ययन कार्यदल बनाउने । भक्ता रकम सम्वन्धित व्यक्तिको बैंक खाता मार्फत सिधै पठाउने व्यवस्था गर्ने । 

२ ऐतिहासिक महत्व बोकेको सोह्रखुट्टेको पुनस्र्थापनाको प्रक्रिया अघि बढाउने ।

३ मेयरको पदभार ग्रहण गर्नु अगावै महानगरपालिकाको कार्यालय परिसरभित्रै नवनिर्वाचित जनप्रतिनिधिहरुले मूल्यवान फल लाग्ने, रुख रोपी “ग्रिन एण्ड क्लिन काठमाण्डौ” अभियानको कार्य शुभारम्भ गर्ने ।

४ महानगरपालिका भित्रका धार्मिक तथा सांस्कृतिक तथा पर्यटकीय केन्द्रहरु जस्तै स्वयंम्भू, पशुपति, बौद्ध, बसन्तपुर लगायतका स्थानहरुमा द्रूत गतिको ' फ्रि वाइफाइ ' बनाउने ।

५ बाटो विस्तार ९ध्ष्मभलष्लन० पीडित समुदायसँग वार्ता गरी जनभावना अनुसार समस्या समाधान गर्ने ।

६ साईकल सिटी महानगरको कार्ययोजना प्रारम्भ गर्ने ।

७  महानगरपालिकाको नयाँ सांगठनिक संरचना निर्माण, जनशक्ति व्यवस्थापन र परिचालन गर्ने

८ प्रत्येक युवाहरुलाई कुनै न कुनै खेल, शारीरिक व्यायाम, व्यवसायिक तालिम, हस्तकला, ललितकला, प्रविधि लगायत बिभिन्न रचनात्मक कामहरुमा आवद्ध गराउने गरी कार्यक्रम ल्याउने ।

९ समय सापेक्ष रोजगारमूलक बातावरण सिर्जना गर्ने र युवाहरुको लागि सूचना केन्द्र सुरुवात गरिने छ ।

१० खेलकूद क्षेत्रमा विषेश प्रतिभा र योगदान पुर्याउने ब्यक्तिहरुलाई नियमित सहयोगको लागि पुरस्कार तथा प्रोत्साहनका लागि अक्षय कोष स्थापना गर्ने ।

११ नागरिक सुरक्षाको लागि नेपाल प्रहरीसंग समन्वय गरी महानगरका संवेदनशील स्थलहरुमा सी सी टी भी जडान गर्ने कार्य प्रारम्भ गर्ने ।

१२ स्वयंम्भू, बौद्ध, पशुपति र बसन्तपुर लगायतका धार्मिक, सांस्कृतिक, पुरातात्विक, पर्यटकीय महत्वका सम्पदा क्षेत्रको विकास र प्रवद्र्धनका लागि विशेष योजना बनाई कार्य सुभारम्भ गर्ने ।

१३ जन्मदेखि मृत्युसम्म चाहिने सामग्रीहरु सहितको 'मिनी असन बजार' विभिन्न ठाउँहरुमा स्थापना गरी सञ्चालनका लागि अध्ययन गर्ने ।

१४ धर्मपथ स्थित पुरानो कामनपाको जग्गामा पूर्वस्वीकृत नक्सा अनुसार भवन निर्माण शुरु गर्ने ।

१५ महानगरबाट सञ्चालित चःमति, मनोहरा लगायतका स्थानहरुमा अवरुद्ध ल्याण्डपुलिंगको कार्यलाई यथासिघ्र सम्पन्न गर्ने ।

१६ “घरघरमा अचम्मको सियो र घरघरमा गज्जबको चुलो” कार्यक्रम सञ्चालन गर्ने ।

१७ मेलम्ची आयोजना लगायत अन्य कारणबाट सडकमा देखिएका खाल्डाखुल्डीहरु पुर्ने, विशेष प्रविधिको प्रयोग गरि धुलो र खाडलरहित सडक निर्माण गर्ने ।

१८ “सही समय सही ठाम, नो ट्राफिक जाम” को अभियान सुरु गर्ने ।

१९ सडक बाटोमा थुपारिएका निर्माण सामग्री हटाउने ।

२० हाल पेन्डिंगमा रहेको मुद्दाहरुलाई १०० दिनभित्र टुंग्याउने ।

२१ प्रत्येक घरमा अनिवार्य बर्षेपानी संकलनको अभियान सुरु गर्ने, संकलनबाट बढी भएको पानी भूमिगत जल भण्डारण गर्ने अभियान थाल्ने ।

२२ घर–घरमा अत्याधुनिक प्रविधियुक्त (थोरै जग्गामा पनि जडान गर्न सकिने) सेप्टीट्याङ्की जडानको अभियान सुरु गर्ने ।

२३ राष्ट्रिय सभागृहमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्ने ।

२४ राजश्व अध्ययन वोर्ड बनाई अनुसन्धान अध्ययनको थालनी गर्ने ।

२५ सम्पुर्ण ट्राफिक लाइटलाई मर्मत गरी सुचारु गर्ने ।

२६ 'घर घरमा सियो गज्जबको चुल्हो।'

महानगर प्रमुखले गरेका केही काम

१ ७५ र ८० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई भत्ता १२ हजार र नियमित रुपमा स्वास्थय परीक्षण

२ ग्रिन एण्ड क्लिन काठमाण्डौं अभियानको सुरुवात,

३ शंख पार्क,बाईसधारा बौद्ध पशुपति हनुमानढोका दरबारक्षेत्र स्वयम्भू स्थानमा वाइफाइ विस्तार

४ 'नो काठमाडौं एप्स लन्च' सुरूवात

५ धरहराको प्रिमिसेसको मास्टर प्लान बनाई पुननिर्माण प्राधिकरणले सुरु

६ काष्ठमण्डप निर्माणमा महानगरपालिकाले स्थानीय समुदायको जनसहभागितामा पुनर्निर्माण अभियान सुरू

७ भूकम्पले नष्ट गरेको र असुरक्षित घरहरुको पुनर्निर्माणको लागि राज्यले व्यवस्था गरेको अनुदान र सहलियत ऋण प्राप्तिको लागि सहज गरेको र घर निर्माणमा नक्सा पासको लागि १००  प्रतिशत छुट

८ महानगर र गोकर्णेश्वर सहकार्यमा 'तारेभिर परियोजना को प्रक्रिया सुरू, काठमाडौंका १० वटा नगरपालिकालाई १ करोड हस्तान्तरण

९ टोखा नगरपालिकालाई 'वाटर फल पार्क'का लागि १ करोड उपलब्ध गराइसकेको।

१० ऐतिहासिक दरबार हाइस्कुल पुनस्थापनाका लागि सार्वजनिक बहस गरी हाल चीन सकारले निर्माण गर्न सुरू

११ जेष्ठ नागरिकहरुका लागि घर घरमा निशुल्क स्वास्थय परीक्षणको लागि स्वयंम सेवक परिचालन

१२ महानगरलाई दुर्व्यशनमुक्त शहर बनाउन नीति,कार्यक्रम र बजेट व्यवस्थापन

१३ हेलो मेयर क्विक रेस्पोन्स कार्यक्रम सञ्चालन,गुनासो केन्द्रको स्थापना

१४ घर निर्माण सम्पन्न प्रमाणपत्र १ महिना भित्र प्रदान गर्ने र EPBS तथा सेवाग्राहीलाई SMS बाट जानकारी गराउने पक्रिया सुरू

१५ अपाङ्ग मैत्री पार्क बनाउँन बजेट बिनियोजन

१६ कौसी खेती तथा गार्डेन घरघरमा जैविक तरकारी खेतीको लागि ८० लाख भन्दा बढीको कार्यक्रम सञ्चालनमा

१७ तरकारी,फलफुल र खाद्यान्नमा विषादी नियन्त्रणका लागि परीक्षण गर्ने र  अनुगमनमा कडाई

१८ महानगरका सबै होलसेल बजार सुविद्यायुक्त रहेको र साझा याता ९ बजेसम्म सञ्चालनमा

१९ भूकम्पप्रतिरोधी भवन निर्माणको लागि महानगरपालिकाले निशुल्क भवन निर्माण इजाजत विभागमार्फत प्रदान

२० होम एड्रेसिङ सिस्टम (Home Addressing System)  वडाबाट घर नम्बर प्रदान

२१ २४ घण्टे जीवन्छ शहर को लागि योजना निर्माण भइसकेको र साझा बसमा १५ करोड लगानी गरी ५० वटा साझा बस खरीद गरी राती ९-१० बजेसम्म सञ्चालन गर्ने व्यवस्था

२२ हेल्प डेस्क स्थापना गरी टोल फ्री नम्बर ११८० को व्यवस्था गरी उजुरी,गुनासा सुन्ने र जानकारी दिने कार्य सुचारू

२३ सडक विस्तार गर्ने कार्यमा तिव्रता

२४ भेकल फ्री जोन (Vehical free zone) ठमेलबाट सुरु

२५ सही समय सही ठाउ नो ट्राफिक जाम अभियान सुरु

२६ मेलम्ची आयोजनाको कारणले भएका सडकका खाल्डा पुर्ने कार्य प्रभावकारिता रूपमा अगाडि बढिरहेको

२७ सि. सि. टि. भी. जडानमा तिव्रता

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.