|

काठमाडौं : संगीतकर्ममै रमाइरहेका युवाले स्थापना गरेको एबी मिडियाले बिल्कुलै नौलो स्वादको गीत ‘रकेट’ को म्युजिक भिडियो लिएर दर्शक तथा श्रोतामाझ आएको छ।

संगीतकार सुशान्त गौतम र गीतकार एकतारेको ‘रकेट...’ मा गायक मनिष ढकालको सुमधुर आवाज रहेको छ। रिकेश गुरुङले संगीत संयोजन रहेको गीतको ध्वनि मिश्रण तथा मास्टरिङ बिजु बज्राचार्य तथा जोशुवाले गरेका छन्।

भिडियोमा गायक मनिष ढकाल तथा एकतारेले नै अभिनय गरेका छन्।  एउटा स्वच्छन् मनको यात्रालाई बिजु कर्माचार्यले अमूर्त रूपमा कलात्मक शैलीमा प्रस्तुत गरेका छन्। एउटा गीत श्रृजनाको क्रममा कलाकारले अनुभूति गर्ने भावनाहरू समेटेर भिडियोमा गायकको स्टुडियोसम्मको यात्रालाई देखाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.