|

  • संजय रेग्मी

म्याग्दी : बेनी बजारको सुरक्षाको लागि सीसीटीभीमार्फत निगरानी सुरु गरिएको छ। म्याग्दी उद्योग वाणिज्य संघको पहलमा बेनी बजारको विभिन्न स्थानमा सीसीटीभी क्यामेरा जडान गर्न सुरु गरिएको हो।

बजारको निगरानीका लागि विभिन्न १६ स्थानमा सीसीटीभी राखिने भएको छ। जसमध्ये ८ वटा सीसीटीभी राखिएको छ भने बाँकी ८ ठाउँमा जडान गर्ने तयारी भइरहेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन बहादुर विश्वकर्माले बताए। बजारमा घट्ने अपराधिक क्रियाकलाप न्यूनीकरण गर्न सहज होस् भन्ने उद्देश्यले कालिपुल, क्याम्पसचोक, न्युरोड, बालमन्दीर चोक, सहिद स्मृतिचोक र संगमचोक क्षेत्रमा सिसी क्यामेरा जडान गरिसकिएको छ भने बाँकी अन्य मुख्य बजार क्षेत्रका चोकहरुमा जडान गर्ने तयारी भइरहेको उनले जानकारी दिए।  

क्यामेरा जडान गरिएका ठाउँहरुमा परिक्षणको रुपमा मनिटरमार्फत निगरानी गर्न सुरु गरिसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताए। उनले अगाडि भने– "आधुनिक सुचना प्रविधिसँग जोडिएको सीसीटीभीले जिल्लाको शान्ति सुरक्षामा थप सहयोग पुग्छ, सबै क्यामेराको फुटेज प्रहरी कार्यालयकै मनिटरमा देखिन्छ, त्यसको लागि हामीले छुट्टै कक्ष निर्माण गरिसकेका छौँ।" 

सीसीटीभी जडानको लागि करिब १५ लाख रुपैयाँ खर्च हुने बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.