|

बैतडी : पिपिआर रोगले धमाधन बाख्रा मर्न थालेपछि बैतडीमा ७५ हजार बाख्रामा पिपिआरविरुद्धको खोप लगाउने कार्यक्रम शुरु भएको छ। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत रोगको जोखिम बढी भएका ठाउँका बाख्रामा पिपिआर खोप लगाउने कार्यक्रम शुरु भएको विज्ञ केन्द्रका प्रमुख हरिदत्त भट्टले जानकारी दिए।

पिपिआर रोगका कारण जिल्लाका विभिन्न स्थानमा बाख्रा बर्सेनि मर्ने भएकाले त्यो रोगबाट बचाउन पिपिआर खोप अभियान सञ्चालन गरिएको हो। स्थानीय तहहरूसँगको समन्वयमा गाउँगाउँमा पशुसेवा प्राविधिकले पिपिआर खोप लगाउने कार्य गरिरहेका छन्।

जिल्लाका सिगास, दोगडकेदार,सुर्नया गाउँपालिकामा बाख्रामा पिपिआर विरुद्धको खोप लगाईदै भने दशरथचन्द, मेलौली र पुरचौंडी नगरपालिकाका विभिन्न स्थानमा पिपिआरविरुद्धको खोप लगाउने कार्य जारी रहेको छ।

पिपिआर भाइरसका कारणले बाख्रा लाग्ने रोग भएको र यो रोग लागेपछि निको नहुने भएकाले रोग लाग्न नदिन एकमात्र उपाय पिपिआरविरुद्धको खोप भएको भट्टको भनाइ छ। उनका अनुसार व्यावसायिक रूपमा बाख्रा पालन गरिरहेका किसानलाई लक्षित गरेर खोप अभियान शुरु भएको हो। सो अभियान अन्तर्गत ६५ हजार बाख्रामा खोप लगाउने कार्य सम्पन्न भएको छ।

दशरथचन्द नगरपालिका १ र २ का विभिन्न स्थानमा बाख्रामा पिपिआर विरुद्धको खोप लगाउने कार्य जारी रहेको पशुसेवा प्राविधिक मदनसिंह महराले जानकारी दिए। यस्तै, दार्चुलामा पनि ५५ हजार बाख्रामा पिपिआर खोप लगाउने गरी काम भइरहेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.