|

बैतडी : नेपाल भारत सीमानाका बैतडीको झुलाघाटवाट भागेर भारत जान लागेका एक जोडीलाई प्रहरीले बुधबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका ५ का २३ वर्षीय शंकर बोहरा र २१ वर्षीया हरिना बोहरा(नाम परिवर्तन)रहेका छन्। 

दुवै जनाको पहिला घरमा बिहे रहेकोले उनीहरूले बहुविवाह गरेर भारत जान लागेको बुझिन आएको निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक दीपक पातलीले बताए।  'बझाङ प्रहरीमा ३ दिनअगाडि बहुविवाह गरी भागेको भन्ने मुद्दा परेको रहेछ' उनले भने 'भारत जाने सीमानाका बैतडीमा पर्ने भएकोले हामीलाई खबर आएको थियो।'

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ। दुवै जनालाई बिहीबार बझाङ प्रहरीलाई बुझाउने बताइएको छ। बझाङ प्रहरीले घटनाको थप अनुसन्धान गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.