प्रदेशसभा भवन बनाइने

|

हेटौँडा :  चौध वर्षअगाडि निर्माण सुरु गरिएको वासुदेव सभागृहको निर्माणमा हेटौँडा उपमहानगरपालिकाले चासो नदेखाउँदा अझै अलपत्र अवस्थामा रहेको छ। हेटौँडा–४ स्थित हुप्रचौर नजिकै शहीद वासुदेव घिमिरेको नाममा निर्माणाधीन सभागृहमा स्थानीय निकायले आवश्यक बजेट विनियोजन नगर्दा उपयोगविहीन भएको छ।

जिल्लाकै पहिलो र ठूलो सिटीहल निर्माण गर्ने उद्देश्यले काम थालिएको भए पनि उपमहानगरपालिकाले विभिन्न वहाना बनाउँदै बजेट बनाएर डिपीआरमै खर्च गर्दै आएको छ। सभागृहमा निर्माणमा अहिलेसम्म करिब तीन करोड रुपैयाँ खर्च भइसकेको उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरपालिकाका सूचना अधिकारी शंकर उपाध्यायकाअनुसार यसको प्रयोग कसरी गर्ने भन्नेबारे अहिलेसम्म कुनै योजना नबन्दा समस्या भएको हो। यसअघि गैरसरकारी संस्थासँग समन्वय गरेर सभागृह निर्माणलाई पूर्णता दिने बताइए पनि कुनै पनि संस्थाले यस विषयमा चासो नदेखाएकाले उपमहानगरको योजना सफल हुन सकेन।  

उपमहानगरपालिकाका अनुसार सभागृह पूर्ण प्रयोगमा आउन्जेल थप चार करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ। सभा, सम्मेलन, सांस्कृतिक कार्यक्रमजस्ता काममा प्रयोगमा आउने सभागृह प्रयोग गर्नेतर्फ कसैले सोचेका छैनन्। अहिले सभागृहको संरक्षण टोल विकास सस्थाले गरिरहेको छ। हेटौँडामा व्यवस्थित हल नभएकाले त्यसको विकल्पमा सभाहल बनाउने काम भएको थियो। उपमहानगरपालिकाको आन्तरिक स्रोत कमजोर भएकाले सभागृह निर्माणमा पर्याप्त बजेट खर्च गर्न नसकिएको उपमहानगरपालिकाको भनाइ छ। वासुदेव सभागृहबाहिर कहिले काहीँ राजनीतिक कार्यक्रम गर्न  तथा मतदानको बेला मतदान गर्ने कामबाहेक यसले थप कुनै काम पाउन सकेको छैन।  

राजा वीरेन्द्र शाहको नाममा निर्माण थालिएको भवन जनआन्दोलनपछि मकवानपुरबाट शहीद भएका वासुदेव घिमिरेको नाममा नामाकरण गरिएको हो। तर स्थानीय बजेटले नपुग्ने र राष्ट्रिय योजनामा नपरेपछि निर्माण अलपत्र परेको थियो

सभागृहका लागि तीन वर्षसम्म लगातार स्थानीय विकास मन्त्रालयको जगेडा कोषबाट बजेट प्राप्त भएको थियो। त्यसपछि सभागृह निर्माणको काम अघि बढ्न सकेको थिएन। राप्रपा केन्द्रीय अध्यक्ष कमल थापा स्थानीय विकास मन्त्री हुँदा आवश्यक बजेट विनियोजन गरे पनि त्यसलाई कार्यान्वयन गर्नेतर्फ हेटौँडा उपमहानगरपालिकाले बेवास्ता गरेसँगै निर्माणको कामले गति नलिएको हो।     

उपमहानगरपालिकाले प्रस्तावित योजनामा सभागृहबाहिर सुन्दर बगैंचा, पानीका फोहरा, व्यवस्थित पार्किङ, शौचालयसमेत रहेको थियो। भवनको बाहिरी भाग पनि आकर्षक रंगरोगन, बुट्टा कुँदेर सुन्दर बनाउने योजना राखेको थियो ।

राजा वीरेन्द्र शाहको नाममा निर्माण थालिएको भवन जनआन्दोलनपछि मकवानपुरबाट शहीद भएका वासुदेव घिमिरेको नाममा नामाकरण गरिएको हो। तर स्थानीय बजेटले नपुग्ने र राष्ट्रिय योजनामा नपरेपछि निर्माण अलपत्र परेको थियो। वर्षौंदेखि अलपत्र अवस्थामा रहेको भवन बनाउँदा सुविधा सम्पन्न हल, साउण्ड प्रुफ भएको, हेर्दैमा सुन्दर, बस्नका लागि आरामदायी सिट, अतिथि बस्ने स्थान रहेको करिब पाँच सय सिट संख्यामा सभागृह तयार गरिने प्राविधिक प्रतिवेदनमा उल्लेख थियो।

सभागृह बनाइने

वासुदेव सभागृहलाई प्रदेशसभा भवनका रुपमा निर्माण गर्न प्रदेश सरकारले अग्रसरता देखाएको छ। प्रदेश ३ को राजधानी भएपछि उपयुक्त प्रदेशसभा भवन नहुँदा समस्या भइरहेको सन्दर्भमा प्रदेश सरकारले अग्रसरता देखाएको छ। सभागृहको निर्माणमा अग्रसर हुँदै प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सभागृहको निरीक्षणसमेत गरेका थिए।  

चालु आर्थिक वर्षभित्र सभागृहलाई प्रदेशसभा बस्न मिल्ने गरी निर्माण सम्पन्न गरिने बताइएको छ। आवश्यकताअनुसार बजेट विनियोजन गरेर निर्माण सम्पन्न गरिने मुख्यमन्त्री पौडेलको भनाइ छ। तत्काल प्रदेशसभाको नयाँ संरचनाअनुसारका काम अगाडि बढाइने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रमेश सिवाकोटीले जानकारी दिए।

आठ कठ्ठा क्षेत्रफल रहेको भवनमा प्रदेशसभाका लागि आवश्यक पर्ने सत्तापक्षको लागि भवन, प्रतिपक्षी दलको कार्यालय, संसदीय समितिका लागि आवश्यक कार्यालय भवन निर्माण, मर्यादापालकको लागि भवन र पार्किङका लागि केही अपुग हुने भए पनि अन्य दृष्टिकोणले उपयुक्त हुने बताइएको छ।

प्रदेशसभा भवन निर्माणको प्रदेशको शहरी विकास तथा भवन कार्यालय र हेटौंडा उपमहानगरपालिकाको इञ्जिनियरलाई भवनको मास्टर प्लान छिटो तयार पार्न निर्देशन दिइएको छ। हेटौंडा–१० मा सञ्चालनमा रहेको प्रदेशसभाको भवन प्राविधिकरुपले अनुपयुक्त रहेको भन्दै सांसद्हरुले समेत गुनासो गर्दै आएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.