|

दाङ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण दाङ, सल्यान, रूकुम, रोल्पा  र प्युठानको जनजिवन प्रभावित बनेको छ।

नेकपा राप्ती ब्युरोले आह्वान गरेको एक दिने बन्दका कारण बिहीबार यस क्षेत्रमा चल्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन्। बन्दले शिक्षण संस्था र कलकारखानाहरु पनि बन्द छन्। पार्टीका नेता तथा कार्यकर्ता पक्राउको विरोध गर्दै नेकपाले साविकको राप्ती अञ्चल बन्दको घोषणा गरेको हो। 

फागुन २१ मा दाङ जिल्ला पार्टी सचिवालय सदस्यहरु प्रदीप वली, ईश्वरी पाण्डे र पार्टी जिल्ला सदस्य रुद्र वली र फागुन २० मा रोल्पाका जिल्ला सदस्यहरु टीकाराम परियार, लालबहादुर बिक, नृतेन्द्र सेनलाई  प्रहरीले नियन्त्रणमा लिएको थियो।

ब्युरो इन्चार्ज सुवासले जारी विज्ञप्तीमा विनाकारण पक्राउ परेका पार्टीका नेताहरुलाई विनासर्त रिहाइ गर्न माग गरिएको छ। बन्द बिहीबार बिहान ५ देखि साँझ ६ बजेसम्म रहने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.