|

सिन्धुली : मध्यपहाडी लोक मार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिकामा बिहीबार दिउँसो बस र सुमो एक आपसमा ठोकिँदा ६ जना घाइते भएका छन्।

फिक्कल गाउँपालिका-५ झगरे भन्ने ठाउँमा काठमाडौंबाट ओखलढुंगातर्फ जादै गरेको बा.४ ख. ४४३४ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना.१.ज.७०९४ नम्बरको सुमो एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा सुमोमा सवार ६ जना घाइते भएका हुन्।

दुर्घटनामा परी सोलुखुम्बुको लेले गाउँपालिका-१ का वर्ष ८० की देउ कुमारी खत्री, सोही ठाउँकी वर्ष ३८ की कृष्ण कुमारी खत्री, सोलुखुम्बुकै मुगरी गाउपालिका ३ का वर्ष २२ की धन कुमारी सार्की, सोलुखुम्बुको थोलुङग गाउँपालिका १ का बर्ष ४५ की जाङ्म्मु शेर्पा, जाङ्म्मु शेर्पाकी छोरा वर्ष ३ की साङ्गे शेर्पा र सुमो चालक सिन्धुपाल्चोकको लिसङखु गाउपालिका ५ का वर्ष २४ का राजेन्द्र बानियाँ घाईते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

दुर्घटना परी सोलुखुम्बु लेले गाउँपालिका १ का देउ कुमारी खत्रीको दायाँ हात भाँचिएको, निधारमा चोट लागी उनको अवस्था गम्भीर रहेकाले उनलाई काठमाडौं रिफर गरिएको छ।

अन्य सबैको अवस्था सामान्य रहेको र उदयपुरको घुर्मीमा रहेको आस्था लाईफ केयरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले बताए।

दुर्घटनापश्चात बस चालक फरार रहेको र बस र बसका धनी प्रहरी नियन्त्रणमा रहेको उनले बताए। सुमो चल्न नसक्ने अवस्थामा रहेकोले घटनास्थलमा साइड लगाई राखिएको र बाटो अवरोध नभएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.