|

सिन्धुली : जिल्लाकाे दुधौली नगरपालिकामा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीको प्रदर्शनी गरिएको छ। दुधौली नगरपालिकाले १०९ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा दुईदिने प्रदर्शनी मेलाको आयोजना गर्दै स्थानीय महिला उद्यमीद्बारा निर्मित सामग्रीको प्रदर्शनी गरिएको हो।


शुक्रबारसम्म चल्ने मेलामा दुधौली नगरपालिकाका १४ वटै वडाका महिला उद्यमीहरुले स्थानिय बस्तुबाट उत्पादन गरेको सामाग्रीहरु स्टलमा राखिएको छ। नगरपालिकाको १४ वटै वडाका महिलाले उत्पादन गरेका बासका सामग्री डोको, डालो, टोकरी, सृंगारका सामग्री, तरकारी, ढाकाका कपडा, ढाकाका टोपी लगायतका सामग्रीको स्टल राखिएको दुधौली नगरपालिकाका प्रवक्ता तथा वडा २ का वडाअध्यक्ष रितेश राउतले बताए। 

नगरपालिकाका उद्यमी महिला, महिला समूह, सहरकारी लगायतले आफ्ना सामग्रीहरू प्रदर्शनमा राखेका उनको भनाई छ। महिलाले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन गर्न र उनीहरूलाई थप उत्साहित बनाइ उद्यमशील बनाउनका लागी मेलाको आयोजना गरिएको उनले बताए। यस्ता मेलाले महिलालाई उद्यमी बन्न प्रेरणा मिल्ने उनको विश्वास छ। 

प्रदर्शनी मेलाको नगरपालिकाका प्रमुख घनश्याम राउतले उद्घाटन गरेका हुन्। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.