|

काठमाठौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाले आफ्ना दुई जना नेताको सम्झनामा बिहीबार काठमाडौंमा संयुक्त श्रद्धान्जलि सभा आयोना गरेको छ। नेकपाले पूर्व-उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारी र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीको सम्झनामा श्रद्धान्जलि-सभा गरेको हो।

भृकुटीमण्डपमा भएको सभालाई सम्बोधनका क्रममा अध्यक्षद्वयले दिवंगत नेता भरतमोहन र रवीन्द्रको योगदानको स्मरण गर्दै शोकलाई शक्तिमा बदल्न आग्रह गरे। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वउपप्रधानमन्त्री अधिकारी र हवाई दुर्घटनामा दिवंगत भएका पर्यटन मन्त्री अधिकारीसहित अन्य सात जनाले आफ्ना जीवन कालमा पुर्‍याएको योगदान स्मरण गरे। दुवै अध्यक्षद्वयले सभामा भरतमोहन, रवीन्द्रजस्ता कम्युनिष्ट आन्दोलनलाई हाँक्न सक्ने नेता, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा तथा राष्ट्रसेवक कर्मचारी गुमाएकामा दुःखसमेत व्यक्त गरे।

सभामा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, गृहमन्त्री रामबहादुर थापा, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत उपस्थित रहेको थियो। सभामा दिवंगतहरूको तस्वीरमा फूलमाला अर्पण गरिएको थियो। सभामा दिवंगत भएका परिवारका सदस्यसमेत सहभागीता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.