|

दाङ : उच्च अदालत तुलसीपुरले नेत्र वित्रमचन्द 'विप्लव' निकट नेपाल कम्युनिष्ट पार्टीका नेतालाई पक्राउ गुर्नको कारणसहित उपस्थित हुन जिल्ला प्रहरी कार्यालय दाङलाई बिहीबार आदेश दिएको छ। 

अदालतमा परेको बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाई गर्दै उच्च अदालतका मुख्य न्यायाधीस नहकुल सुवेदीको एकल इजलाशले पक्राउ गर्नुको कारणसहित पक्राउ परेका विप्लन नेतृतवको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य प्रदीप वली, इश्वरी पाण्डे र रुद्ध वलीलाई चार दिनभित्र उपस्थित बनाउन आदेश दिएको हो।

आदेशमा निवेदकको माग बमोजिम पक्राउ गर्नुपर्ने, बन्दीलाई थुनामुक्त गर्नु नपर्ने लिखित जानकारीसदित बन्दीलाई फागुन २६ गते १० बजेभित्र उच्च अदालत तुलसीपुरमा उपस्थित बनाउनु पर्ने उल्लेख छ। बन्दीको तर्फबाट रमीता वलीले दिएको बन्दीप्रत्यक्षीकरण मुद्दामा निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता वामदेश शर्मा, विष्णुमणी धिताल, रामशरण चौधरी र पुष्कार भण्डारीले बहस गरेका थिए। निवेदकको तर्फबाट जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरीलाई विपक्षी बनाइएको छ।

नेकपाका नेतालाई गत सोमबार तुलसीपुरको एक कार्यक्रमस्थलबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.