फिचर

संरक्षणको पर्खाइमा गौरी गाउँको ताल
SHARES

फागुन २५, २०७५

    दाङ : गौरी गाउँ भन्नेबित्तिकै जो केहीले पनि तालको रूपले चिन्ने गर्दछन्। तर त्यही ताल जिल्लाको सबैभन्दा ठुलो प्राकृतिक तालको रूपमा छ। उक्त ताल संरक्षण र प्रचार प्रसारको अभावले ओझेलमा परेको छ।

    तुलसीपुर उपमहानगरपालिका १० को गौरीगाउँ  रहेको गौरी गाउँको तालका नामले निचिएको उक्त ठाउँ संरक्षणको अभावले ओझेलमा परेको त्यहाँ स्थानीयहरूको भनाई छ। करिब ११ विगाह क्षेत्रफलमा भएता पनि उक्त ताल हाल साढे ७ विगाह क्षेत्र फलमा फैलिएको छ। केही  जग्गा अतिक्रमण  भएको छ भने केहीमा स्थानीयहरूले बोटबिरुवा लगाएका छन्। तुलसीपुर बजारदेखि करिब ५ कि.मी दुरीमा रहेको प्राकृती ताललाई स्थानीयहरूले केही संरक्षण गरे पनि राज्यले नहेरेको स्थानीयहरूले बताए। यो ताल प्राकृतिक ताल हो , यो तालमा पानी आउने ठाउँ छैन।

    बर्षायाम आएको पानी जम्मा भएर यो तालमा सदैभरि पानी जम्मा हुन्छ, स्थानीय ताल संरक्षण समितिका सल्लाकार दान बहादुर खड्काले बताए। यो ताल परापूर्वकालमा सल्यानमा रहेकी खैराबाङी भगवती यही बाटो भएर जाने क्रममा भगवतीले बच्चालाई दूध खुउँदा दूध भईमा खस्दा यो ताल भएको पुराना पुस्ताहरूले बताउने गरेको खड्काले बताए।  अहिले गौरीगाउँलाई पर्यटनको केन्द्र बनाउन तालको बिच भागमा शिव मन्दिर निर्माण गरिएको छ।  

    अहिले उक्त ताललाई सात वटा खण्डमा विभाजन गरी माछा पालन गर्दै आएको ताल संरक्षण समितिका अध्यक्ष झग्गुप्रसाद बुढाथोकीले बताए। हामीले केही वर्षदेखि तालमा माछा पाल्दै  आएका  छौँ, उनले भने,अब हामीले ताललाई कसरी पर्यटकीय स्थल बनाउने भनेर गुरुयोजना तयार गरी स्थानीय सरकारसँग पलह गर्ने बताए। 

    दाङमै सबैभन्दा ठुलो क्षेत्रमा फैलिएको यसलाई जिल्लाकै उत्कृष्ट पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने उनको विश्वास छ। तुलसीपुर बजारदेखि नजिकै रहेको र सडक सञ्जालको पनि सहज पहुँच भएकाले पर्यटनको आकर्षणको मुख्य केन्द्र बन्न सक्ने उनले बताए। ‘विकट क्षेत्रका स–साना तालहरू पनि पर्यटनको केन्द्र बनेका छन्’ उनले भने ‘ बजार क्षेत्रमा रहेको यति ठुलो ताल ओझेलमा परेको छ।

    बर्षायाममा परेको पानी पोखरीमा जम्मा हुने र त्यो पानी वर्षैभरि रहिरहने गर्छ। यी सातवटै ताललाई एउटै खण्ड बनाउने र डुङ्गा सञ्चालन गर्ने समेत योजना रहेको अध्यक्ष बुढाथोकीले बताए। त्यसका लागि आवश्यक पानीका लागि बोरिङ खन्ने तयारी रहेको समेत बताए। बर्सादको पानी जम्मा भएर वर्षभरि नै नसक्ने भएपछि ती तालहरूमा माछा पालन पनि गर्ने गरिएको ताल संरक्षण समूह समितिका अध्यक्ष बुढाथोकीले बताए।

    उनका अनुसार विभिन्न प्रजातिका माछा पालन गरेर वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्ने गरिएको छ।‘ अहिले हामीले माछा पालन पनि गरिरहेका छौँ’ उनले भने ‘ वार्षिक ५ लाखमा ठेक्का दिएका छौँ।’ अहिले नैनी, रहु, कमनकार, सिल्भरकार, बैखालगायत प्रजातिका माछा पालन गर्ने गरिएको उनको भनाई छ। वार्षिक करिब १० क्विन्टल जति माछा उत्पादन हुने गरेको उनले बताए।

विकास डाँगी

पत्रकार डाँगी थाहाखबरका दाङ संवाददाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]