|

काठमाडौं : छुट्टै मधेस राज्यको माग गर्दै विभिन्न पृथकतावादी आन्दोलन गरिरहेका चन्द्रकान्त (सिके) राउतले शुक्रबारबाट पृथकतावादी गतिविधि परित्याग गरेका छन्। बिहीबार मात्रै सर्वोच्च अदालतको आदेशमा रिहा भएका राउतले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' उपस्‍थित राष्ट्रियसभागृहको कार्यक्रममा सम्बोधन गर्दै आफूले पृथकतावादी गतिविधि छोडेको बताएका हुन्।

यसअघि राउतले छुट्टै मधेर राज्यको माग गर्दै विभिन्न गतिविधि संचालन गर्दै आएका थिए। सिके राउत समूहमा सक्रिय रहेको भन्दै प्रहरीले उनका सयौ कार्यक्रता समेत पक्राउ गेको थियो। भारतसँग सीमा जोडिएको नेपालको तराई–मधेस छुटै राज्य हुनुपर्ने अभिव्यक्ति दिँदै राउतले मधेसमा त्यसका लागि गोप्य र खुलेयाम कार्यक्रमसमेत संचालन गर्दै आएका थिए।

राउतले पहिलो चोटी सिराहाको लाहानमा निकालेको जुलुस र त्यसपछिको आमसभाले केही खतरनाक संकेतसमेत देखिएको थियो। चारवटै सुरक्षा निकायले समेत राउतको गतिविधिले खरतनाख भएको निष्कर्ष निकालेर सरकारलाई समेत जानकारी गराएका थिए।

सिके राउतको विगत

मधेसलाई छुट्टै राज्यको माग गर्दै आएका सिके राउत सप्तरी जिल्लाका बासिन्दा हुन्। बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट पीएचडी अध्ययन पूरा गरेका उनी यस अघि अमेरिकामा बस्थे।

सन् २०११ मा नेपाल फर्किएका राउत त्यसपछि भने अमेरिका नफर्की छुट्टै मधेस राज्य बनाउने भन्दै तराई क्षेत्रमा जनसम्बन्ध विस्तार गर्नतिर लागेको थिए। उनले तराईका जिल्ला विखण्डन गर्ने भन्दै युवा दस्ता समेत निर्माण गरेका थिए। उनको गतिविधि नियालिरहेका एक प्रहरी अधिकारीका अनुसार तराई क्षेत्रका युवारुकोको जमात राउतको अभियानमा नक्कैनै सक्रिय हुने गरेका थिए।

राउतको विखण्डनकारी अभियानमा पश्चिमका नवलपरासी, सुनसरी, कपिलवस्तुका युवाहरुको बाहुल्यता देखिएको थियो। राउतले भारतीय र पश्चिमा राष्ट्रहरुको सहयोगमा दुई देखि तीन बर्ष भित्रमा प्रदेशको निर्वाचन गरी विभिन्न सरकारहरु गठन गर्ने योजना रहेको थियो।

राउतले नेपाल सरकारले तराईलाई सधैं विभेद गरेको तराईको जनताको आर्थिक, सामाजिक तथा जातीय रुपमा विभेद गरेको र त्यसबाट मुक्तहुन ‘स्वतन्त्र मधेस’ बनाउने योजना थियो।

यस्ता थिए सिके राउतको नारा

सिके राउतले सन् २०११ बाटनै स्वतन्त्र मधेशको माग गर्दै अभियन चलाएका थिए। त्यसको लागि राउतले बिभिन्न नारासमेत बनाएका थिए।

१. मधेसलाई सार्वभौम र स्वतन्त्र राष्ट्र घोषणा गर्दै अन्तरिम मधेस सरकार बनाउने । जसले राज्यको संक्रमणकालको व्यवस्थापन, प्रशासन निर्माण तथा निर्वाचन गरेर संविधानको मस्यौदा तयार पार्नेछ।
२. नेपाली अधिपत्यसहितको प्रशासनिक संयन्त्र हटाएर मधेस प्रशासनको स्थापना गर्ने ।

३. नेपाल सरकारले मधेसबाट उठाउने गरेका सबै ट्याक्स बन्द गराउने। ४. सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई हटाएर मधेसी प्रहरीको स्थापना गर्ने।
५. मधेसीबाट लिइएको भूमि फिर्ता गराउने।

६. नेपाली सेनालाई मधेशबाट हटाएर मधेसी सेनाको स्थापना गर्ने।

७. संयुक्त राष्ट्र संघ तथा विश्वका अन्य सार्वभौम मुलुकहरुमा कूटनीतिक तथा कन्सुलर कार्यालय सञ्चालनका लागि पहल गर्ने।

८. मधेसमा रहेको जमिन, पानी, वन तथा अन्य प्राकृतिक स्रोतमाथि नेपाल सरकारको नियन्त्रण हटाउने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.