नेपाली औषधि पनि जान्छ विदेशमा

|

काठमाडौं : सरकारले नेपालमा नै उत्पादन भएर आत्मनिर्भर बन्न सक्ने औषधिहरूलाई विदेशबाट आयत गर्नबाट रोक लगाउने भएको छ। लामो समयसम्म नेपालमा नै उत्पादन भइरहेका र गुणस्तर प्रमाणित भइसकेका ३० प्रकारका विदेशी औषधि आयातमा रोक लगाउन लागिएको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले बताए।

नेपालमा नै उत्पादन भएका औषधिलाई आयतमा रोक लगाउनुपर्ने आवाज लामो समयदेखि उठ्दै आए पनि अझैसम्म सो कुराको कार्यान्वयन नभइरहेको अवस्थामा केही दिन अघि लामो समयपछि उपप्रधान तथा स्वाथ्यमन्त्री उपेन्द्र यादवको अध्यक्षतामा बसेको औषधि परामर्श समितिको बैठकले नेपालमै आत्मनिर्भर भएका औषधि आयातमा रोक लगाउने प्रस्ताव पास गरी मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको महानिर्देशक ढकालले बताए।

सोही निर्णयअनुसार अब नेपालमा नै गुणस्तर रुपमा उत्पादन भइरहेका औषधिको आयतमा रोक लगाइ सो औषधि उत्पादनको लागि कच्चा पदार्थ मात्र ल्याउने पाउने गरी रोक लगाउने प्रस्ताव स्वास्थ्य मन्त्रालयले फाइल गरी मन्त्रिपरिषद्मा पठाउन तयारी भइरहेको महानिर्देशक ढकालले बताए। उनले भने, 'नेपालमानै गुणस्तर रुपमा उत्पादन भइरहेका कतिपय नेपाली औषधिले राम्रोसँग नेपाली बजार धानी रहेको छ। यस्तो बेलामा विदेशबाट नल्याए पनि हुने औषधिलाई आयातमा रोक लगाउने तयारी भएको हो। तर ती औषधि उत्पादनको लागि चाहिने कच्चा पदार्थको आयतलाई भने रोक लागाइने छैन।'

यस अघि पनि नेपालमा नै पूर्ण रुपमा उत्पादन भएर आत्मानिर्भर भएका ३० किसिमका औषधिको कच्चा पदार्थ मात्र आयात गर्ने नीति गगन थापा स्वास्थ्यमन्त्री रहँदा स्वास्थ्य मन्त्रालयाबट पास भई मन्त्रीपरिषद्मा पुगेको थियो। मन्त्रीपरिषद्मा गएको उक्त प्रस्ताव लामो समय अनिर्णयमा रह्यो। तर अहिले भने सरकारले नेपालमै आत्मनिर्भर भएका ३० किसिमका औषधि रोक लगाउने तयारीमा सरकार रहेको छ।

अहिले नेपाली औषधीको बजारमा वार्षिक ५६ प्रतिशत बिदेशबाट आयत गरिने तथा वर्षेनी २७ अर्ब भन्दा बढी रकमको औषधि नेपालमा बहिरबाट आउने समेत विभागमा महानिर्देशक ढकालले बताए।

यी रोगका औषधि विदेशबाट ल्याउनु गरिँदै छ रोक

हाल नेपाली आयात प्रतिवन्ध लगाउन खोजेका औषधिमा जुकाको औषधि अल्वेण्डाजोल, एन्टिवायोटिक एमोक्सासिलिन र एजिथ्रोमाइसिन, झाडा पखालाको लागि प्रयोग हुने मेट्रोनिडाजोल र पुर्नजलीय झोल, ग्यास्ट्रिक हुँदा प्रयोग हुने ओम्निप्राजोल, पेन्टाप्राजोल र रेनिटिडिन लगायत छन्। यसैगरी, भिटामिन, कफसिरफ, इन्जाइमका औषधिहरू, ज्वरो, रुघाखोकी, दुखाइ कम गर्ने, छालाको रोगसम्बन्धि औषधि जसमा नेपाल आत्मानिर्भर भइसकेको विभागको सिफारिसमा उल्लेख छ।सरकारले ती औषधि उत्पादनको लागि चाहिने कच्चा पदार्थ मात्र आयात गर्नका लागि प्रस्ताव मन्त्रिपरिषदमा लगेको हो। 

आयतमा रोक लगाउन खोजिएका नेपाली औषधिमा एल्बेन्डाजोल, एमोक्सिलिन, एजिथ्रोमाइसिन,  ट्रिमेथोरपिम, मेट्रोनिडाजोल, एन्टासिड, ओम्निप्राजोल, पेन्टाप्राजोल, रेनिटिडिन, विभिन्न प्रकारका भिटामिन, प्यारासिटामोल, कफसिरफ, इन्जाइम, राइड्रेसन, आइबुप्रोफेन, सेट्रिजिन, इन्डोमेथासिन, डिक्लोफेन्याक,  टिनिडाजोल, अल्बेन्डाजोलभेट अक्सिक्लोनाजाइड भेट लेभामिसोल भेट, प्यारासिटामोल भेट, अक्सिटेट्रयासाइक्लिनभेट, कालामाइन, लोसन क्याल्सियम, कार्वोनेट जेन्सन भोइलेट  निमेसुलिड  ट्रामाडोल साइप्रोहेप्टाडिन जस्ता विभिन्न प्रकारका औषधिलाई आयातमा रोक लगाउन सिफारिस गरिएको विभागले जनाएको छ।

नेपाली औषधि पनि जान्छ विदेशमा

अहिले नेपालमै उत्पादित औषधिको बजार हिस्सा ४० देखि ५० प्रतिशत रहेको छ भने हाल नेपालमा ४४ वटा औषधि उत्पादक कम्पनी छन्। नेपालमा प्रायः सबै किसिमका रोगका औषधिहरू उत्पादन हुन्छन्। जसको लागि विदेशबाट औषधिको कच्चा पदार्थ विदेशबाट ल्याइने नेपाल औषधि उत्पादक संघका महासचिव प्रज्वलराज पाण्डेले बताए।

यस्तै नेपाली औषधिको धेरै हिस्सा विदेशी औषधिले ओगेटो अवस्थामा नेपालका केही कम्पनीबाट उत्पादन भएका कतिपय औषधि भने विदेश निर्यात हुँदै आएका छन्। हाल नेपाली औषधि कम्पनीबाट उत्पादन भइरहेका औषधिहरू अफ्रिका केही देश नाइजेरिया, युगाण्डा, घानालगायतका देशमा निर्यात हुने समेत पाण्डेले बताए। उनले भने, 'धेरै औषधि बिदेशबाट आयत भइरहँदा कतिपय हामीले उत्पादन गरिएका केही औषधि भने हामीले विदेश निर्यात गरिरहेका छौँ। हाल हामीले उत्पादन गरेका विभिन्न प्रकारका हर्मोनजन्य औषधि, मुटुरोगको तथा उच्चरक्त चापका औषधि र स्त्री रोगसम्बन्धी औषधिहरू नेपालबाट निर्यात गरिरहेका छौँ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.