|

काठमाडौं : पर्यटन क्षेत्रमा पछिल्लो प्रवेश हो ‘स्‍पा व्यसाय’ नेपालमा यो व्यवसय सुरु भएको डेढ दशक भएको छ। यही व्यवसायमा रमेका एक व्यवसायी हुन् ललितपुरका रवि शाह। उनी २००८ देखि यो व्यवसयामा प्रवेश गरेका छन्। कहिले व्यवसाय फस्टाउने त कहिले खुम्चने भइरहेको छ। उनी ‘स्पा व्यवसाय’ मा नेपालमा केही नयाँ काम गर्ने प्रयासमा छन्।

रविले अहिले आगामी पाँच वर्षसम्मको ग्राफ कोरेर काम गरिरहेका छन्। जसअन्तर्गत उनले हिलिङ सेन्टर र स्पा स्कुल खोल्ने लक्ष्य राखेका छन्। यी दुवै नेपालमा नमुना हुने रविको भनाइ छ।

रवि स्पा व्यवसायमा प्रवेश गरेको ११ वर्ष भएको छ। व्यवसायमा प्रवेश गरेको भने डेढ दशक बढी। अष्ट्रेलियाबाट पढाइसकेर फर्किएपछि उनी करिब पाँच वर्ष बुबाको व्यवसायमा प्रवेश गरे। कम्प्युटर व्यवसाय त्यतिबेला केही फस्टाएको थियो भने अर्को  व्यवसाय कल सेन्टर जसलाई राज्यले नियमन गर्ने प्रयास गर्न थाल्यो व्यवसाय अपेक्षाकृत रूपमा चलेन।

रवि भने बुबाको व्यवसाय छोडेर आफ्नै व्ययवसाय संचालन गर्ने सोचमा थिए। उनको मनमा स्पा व्यवसाय गर्ने सोच भने आएको थिएन। सन् २००७ को अन्त्य तर्फ आफ्ना दौतरीहरूसँगको एक भेट स्पा व्यवसाय गर्ने योजना बन्यो। ‘मैले व्यवसाय गर्ने सोच बनाएको थिए तर के गर्ने भन्ने अन्योलमा थिए साथिहरूसँगको भेट उपयोगी बन्यो।’

स्पा सिजनल व्यापार हो तर उनले भने नेपालीलाई पनि केन्द्रित गरेर काम गरे। कुनै समय अनपेक्षित लाभ भएको र कुनै समय अनपेक्षित घाटा हुने गरेको उनी बताउछन्। तर उनले अहिलेसम्म व्यवसायमा गरेको आम्दानी स्पा क्षेत्रमा नै केन्द्रित गरेका छन्। सुरुवतामा उनको व्यक्तिगत आठ लाख लगानी थियो अहिले लगानी तीन करोड माथि पुगेको छ। काठमाडौंको ठमेलमा चार वटा, ललितपुरको झम्सिखेलमा एक र पोखरा एक गरी छ वटा स्पा खोलेका छन्। हस्पिटालिटी क्षेत्र विस्तार गर्ने उनको योजना रहेको छ।

पोखरामा सिजन र अफ सिजनमा लगभग एकै प्रकारको व्यवसाय हुन्छ भने काठमाडौं र ललितपुर सिजनमा बढी र अफ सिजनामा कम व्यवसाय हुने गरेको शाह बताउछन्। वार्षिक एक करोड रुपैयाँ भन्दा बढीको कारोबार आफ्नो स्पा क्षेत्रमा हुने गरेको उनको भनाइ रहेको छ। उनले अपेक्षाकृत रुपमा व्यवसाय विस्तार गर्न नपाउनुको एउटा कारण भने श्रम समस्या रहेको छ। ‘सबैभन्दा बढी समस्या लेवरको छ, अहिले मैले ११० जना कर्मचारीलाई जव दिनसक्छु तर कर्मचारी नपाएको कारण ५५ जनामा सिमित गर्नु परेको छ। देशभित्र आएका पर्यटकलाई नेपाल बसाइ लम्ब्याउनका लागि स्पा क्षेत्र सहयोगी भएको उनको भनाइ छ। अहिले स्पामा ६० प्रतिशत विदेशी र ४० प्रतिशत नेपालीले सेवा लिने गरेको रविले बताए।

अब भने २१ दिनसम्मको स्पा सेवा दिने गरी एका जंगलमा हिलिङ सेन्टर खोल्ने योजना उनले बनाएका छन्। काठमाडौं नजिकका जंगल पाउन गाह्रो भएको बताउँदै उनले काठमाडौ नजिककै जिल्लामा स्पा हिलिङ स्पा सेन्टर तथा  म्युजिक थेरापी स्थापना गर्ने लक्ष्य लिएका छन्। जसमा अहिलेभन्दा तीन गुणा बढी तथा करिव ४०० जना लाई रोजगारी दिने सकिने  रवि बताउँछन्।

हिलिङ स्पा सेन्टरले  देशको पर्यटन प्रवर्द्धनमा समेत ठूलो योगदान पुग्ने उनको भनाइ छ। 'अहिले जंगलमा ध्यानको लागि जाने गरिएको छ हामीले अब स्पाको लागि पनि छुट्टै प्याकेज बनाउने योजनामा रहेका छौँ। अबको मेरो सपना यसमै छ' रविले भने ‘स्पा व्यवसायामा पृथकता देखाउने अभियानमा छु”

स्पा व्यावसाय अमेरिका, क्यानाडा, स्पेन लगायतका देश हुँदै एसियाका थाइल्याण्ड, चीन, इन्डोनेसियासँगै नेपाल लगायतका देशमा पनि फस्टाउदै गएको व्यवसाय हो। समान्य देखि ‘हट स्प्रिङ वाटर’  तातो पानीको कुण्ड पनि सुरु गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.