|

मनाङ : देशै भरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा मनाङका महिलाहरू गोठ र घरमा नै व्यस्त देखिन्छन्। घरको काम र गोठमा नै सीमित रहेका यहाँका महिला दिदीबहिनीलाई कुनै महिला दिवसको  चासो छैन।

होटल व्यवसायदेखि चौरीगोठमा सीमित रहेका यहाँका महिला आफ्नो काम धन्दामा नै तल्लिन रहे। दिनभर गोठको धन्दा र बिहान बेलुकी चुलो चौकमा नै रमाइरहेका हुन्छन्। चामे गाउँपालिका तिमाङकी राजकासी गुरुङ पनि आज दिनभर गाईवस्तुका लागि दानापानी र घाँसपातमै व्यस्त रहिन्। गाईवस्तको स्यहार सुसार र चुलोचौकोको काम बाहेक अरू कुरा थाहा नै नहुने उनी बताउँछिन्। 'बिहान उठ्यो भेडाबाख्रालाई दानापानी दियो, घाँस काट्यो, यिनीहरूकै स्यहार सुसारमा नै दिनहरू बित्छन्। अरू कुरा हामीलाई थाहा नै छैन। यिनीहरूको सेवामा नै लाग्नु पर्छ', उनी भन्छिन्, 'यसपटक त ठूलो हिमपातले भेडाबाख्रा र गाई मरे। गरी खाने यिनै हुन्।'

त्यस्तै, अस्मिता गुरुङ पनि होटल व्यवसायमा नै व्यस्त रहिन्। बिहानदेखि बेलुकासम्म होटलमा आएका पाहुनाहरूको सेवामा लाग्दा अरू कुरा सोच्ने फुर्सद नै नई नभएको उनी सुनाउँछिन्। 'सिजनको बेलाम काम नगरे माम कसरी खाने' उनी भन्छिन् 'हामीलाई आफ्नो काम नगरे खान पुग्दैन के को महिला दिवस?  हामीलाई ढुक्कसँग आफ्नो काम गर्न पाए पुग्छ। न त सरकारले हामीलाई खान दिएको छ न त कुनै सेवा सुविधा नै। हामीलाई त दिनभरी काम गरेर आफ्नो जहान परिवार पाल्न पाए भयो।'

कहिले गाई गोठ, कहिले खेतीपाती त कहिले दाउरा घाँसमा नै जीवन बित्ने गरेको छ। तिमाङ गाउँकी टिकन देवी गुरुङको किथा पनि उस्तै छ। उमेरले पचास नागेकी टिकन देवी बिहानै जंगलमा घाँस दाउरा, भेडाबाख्राको स्याहारसुसार र चुलोचौकामा नै आफ्ने जीवन बितेको बताउँछिन्। कहिले भेडीगोठमा त कहिले घाँसदाउरा खेतीपातीमा व्यस्त भएको बताउँछिन्। आज त महिला दिवस होनीभन्दा उनी भन्छिन्  'मलाई कुनै दिवसको थाहा छैन। मलई त केवल भेडाबाख्रा घाँसदाउरा, अनि खेतीपातीको मात्र थाहा छ। यस्ता दिवसहरू हामीलाई चासो हुँदैन।'

देशमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहदा दूरदराजका महिलाहरू चुलोचौका र गोठमा नै रमाएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.