गुलरिया : बर्दियाको गेरुवा गाउँपालिका ४ की भावना बस्नेत १२ वर्ष नपुग्दै सुत्केरी भइन्। ०६३ चैत १३ गते जन्मिएकी भावनाले ०७५ फागुन ७ गते माइतीमै छोरी जन्माएकी हुन्।
अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ, आमा बन्दा उनको उमेर ११ वर्ष १० महिना २४ दिन मात्रै भएको थियो। स्वास्थ्य संस्था नै नपुगी उनले माइतीको छाप्रोमै बच्चा जन्माएकी हुन्।
गर्भ रहेको ९ महिनामा सुत्केरी भएकी भावना र उनकी छोरी पूर्णिमा अवस्था सामान्य रहे पनि उमेरका कारण दुवैको स्वास्थ्य अवस्था जोखिमपूर्ण अवस्थामा छ। शरीर सुन्निएर भावनालाई ज्वरो आएको छ।
गाउँकै सरस्वती आधारभूत विद्यालयको कक्षा ७ मा अध्ययनरत १४ वर्षीय नन्दबहादुर रावतसँगको विवाहले भावनालाई कष्टपूर्ण अवस्थामा पुर्याएको हो। एकातिर सुत्केरी अवस्थाको पीडा त छँदैछ अर्कोतिर आर्थिक अभावका कारण साँझ बिहानको छाक टार्नसमेत धौ धौ छ उनीहरूलाई। सुत्केरी अवस्थामा पाउनुपर्ने पोषिला खानेकुरा पाउनबाट समेत उनी वञ्चित भएकी छिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।