सिन्धुली : फिक्कल गाउँपालिका ४ खाङसाङस्थित सुनकोशी माविको कक्षा ९ मा अध्ययनरत पासाङ तामाङलाई घरमै बसेर पढेकोजस्तो अनुभव हुन्छ। ऐच्छिक विषय गणित रोजेका उनी कक्षाका एक्ला छात्र हुन्।
कान्तिपुरमा समाचार छ, उनलाई पढाउन सशक्षक सहेन्द्र यादव पूरापूर खटिन्छन्। छात्रा अञ्जना श्रेष्ठले पनि ऐच्छिक विषय गणित नै रोजेकी छिन्। तामाङ सबै दिन उपस्थित हुन्छन् तर श्रेष्ठको उपस्थिति पातलो छ।
विद्यालय प्रांगणमा पढाइरहेका शिक्षक यादवले विद्यार्थी संख्या कम भएकाले जति जनाले जुन विषय रोजे पनि त्यसमा पूरा समय दिनुपर्ने बताए। ट्युसन पढाउँदा १० जनाभन्दा बढी हुने तर विद्यालयमा एक्ला विद्यार्थीलाई कक्षामा नभई चौरमा राखेर पढाउँछन्। त्यसा त कक्षा ९मा विद्यार्थी नै १८ जना छन्।
अरु विद्यार्थी नभएकाले एक्लै पढ्न पाउँदा तामाङ दंग छन्। एक्लै हुँदा पढ्दा नजानेका सबै सोध्न पाइन्छ’, उनले भने। यसै वर्ष एसईई परीक्षामा सामेल हुने कक्षा १० मा भने आठ विद्यार्थी रहेको विद्यालयले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।