|

दाङ : जबरजस्ती करणीको आरोपमा दुईजना पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका १० की १० वर्षीया बालिकालाई करणी गरेको आरोपमा सोही ठाउँका १३ वर्षीय किशोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

पीडितका बुवाको जाहेरीका आधारमा किशोरलाई पक्राउ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब निरीक्षक रामप्रसाद घर्तीले बताए। यही फागुन १ गते बालिकालाई करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस्तै घोराही ४ निवासी १४ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको छ। रोल्पाको रुण्टीगढी गाउँपालिका १ का १८ वर्षीय युवराज रानालाई पक्राउ गरिएको हो। यही फागुन २१ गते ती बालिकालाई करणी गरेको पीडितका बुवाको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.