|

राैतहट : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे गरुडामा आयोजना कार्यक्रम शुरु भएको छ। कार्यक्रम स्थल गरुडामा प्रदेश २ र राैतहटका विभिन्न क्षेत्रबाट नेकपाका नेता, कार्यकर्ता, शुभचिन्तक र जनता आउने क्रम जारी रहेको छ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कार्यक्रमलाई सम्बाेधन गर्ने कार्यक्रम रहेको छ। 

कार्यक्रममा सहभागी हुन नेकपाका अध्यक्षद्वय र नेताहरू हेलिकप्टरबाट कार्यक्रमस्थल आउन लागेका छन्। सभाकाे सुरुवात विभिन्न सांस्कृतिक कार्यक्रम र झाँकी प्रस्तुत गरेर भएको छ। 

निर्वाचन र पार्टी एकतापछि नेकपा पहिलोपटक मधेसमा आमसभा गर्न गइरहेको छ। कार्यक्रमकाे सुरक्षाका लागि ठूलाे संख्यामा सुरक्षा निकायकाे परिचालन गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.