फिरौति १० करोड लिएको दावी

|

पर्सा : वीरगन्जका उद्योगपति सुरेश केडियाको अपहरणमा प्रहरीको संलग्नता रहेको पक्राउ परेका मुख्य योजनाकारले खुलासा गरेका छन्। मुख्य योजनाकार बब्लु पासवानलाई जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो।

सार्वजनिक कार्यक्रममा अपहरणका मुख्य योजनाकार मानिएका भारत विहार पूर्वी चम्पारण मोतिहारी जिल्ला रक्सौल नगरपरिषद १७ बस्ने बब्लु पासवानले उक्त घटनामा प्रहरीको संलग्नाता रहेको खुलासा गरेका हुन्। प्रहरी प्रशासनलाई मिलाउन १८ लाख भारतीय रुपैयाँ (नेपाली ३० लाख) योजनाकार मध्येका बब्लु दुवेमार्फत प्रहरी प्रशासनलाई मिलाएको समेत उनले बताए। 'मरो हातले दिएको चाहीँ होइन। विगतमा भारतीय अदालत अगाडि मारिएका बब्लु दुवेको जिम्मा थियो प्रहरी प्रशासन मिलाउने' उनले भने, 'केडियाको अपहरण हुनुभन्दा पाँच दिन पहिले ढुक्क भएर काम गर्न उनले भनेपछि मात्र हामीले केडियालाई उठाएका थियौं।'

२०७३ जेठ १३ गते बा १० प ७२४० नम्बरको आफ्नौ गाडीमा वीरगन्ज तर्फ आउँदै गरेका केडियालाई बारा जिल्लाको महागढीमाई नगरपालिका १ पसाहा पुल छेउबाट भारतीय नम्बरको स्कारपियो लिएर आएका ६ जनाले केडियालाई अपहरण गरेको पासवानले बताए। हतियारसहित पुगेका आफूहरूले चालकलाई गोली हानेको पनि उनले स्वीकारेका छन्। केडियाका सवारी चालक पर्सा बिन्दबासिनीका उमेश साह कानु (श्याम) सो समयमा घाइते भई वीरगन्जको नारायणी उपक्षेत्रीय अस्प्तालमा उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएको थियो।

त्यो घटनालाई सफल बनाउन प्रहरीलाई भारतीय १८ लाख (नेपाली ३० लाख) बुझाएको जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिई शनिबार गरेको पत्रकार सम्मेलनमा अपहरणका मुख्य योजनाकार पासवानले खुलासा गरेका हुन् । नेपाल तर्फ भने चंचल पाण्डे र वीरेन्द्रप्रसाद यादव  (नेविसंघका तत्कालीन केन्द्रीय सदस्य)लगायत ४ जनाको सहयोगमा अपहरण सफल भएको उनको तर्क छ। घटना हुनुभन्दा ५ दिन अगाडिमात्रै बब्लु दुबेले आफूहरुलाई अपहरणबारे प्रहरीमा सेटिङ मिलिसकेको भनी एक हुन सो समयमा भनेका थिए। उनी त्यो बेला भारतको एक जेलमा थिए । पछि उनले फिरौतिवापत लिएको १० करोडबाट आफूहरूलाई भाग नदिएकोले बब्लु दुबेलाई पटना उच्च अदालत अगाडि केडिया अपहरणमा संलग्नहरूकै योजनामा गोली हानी मारिएको पासवानको तर्क छ। केडियाको अपहरणपछि अवैध  सामान ओसार पसारमा लागेकोले नेपालतर्फ भने आफूले केही नगरेको उनको दावी छ।

पर्सा प्रहरीले नियन्त्रणमा लिएका बब्लु पासवानसँगै सो अपहरणमा सवारी चलाउने भारत विहार पूर्वी चम्पारण मोतिहारी जिल्ला रक्सौल बस्ने विजय महतो (कुशवाहा) लाई पनि प्रहरीले पर्साको छिपहरमाई गाउँपालिका-५ भिस्वा नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए।

अपहरणकारीलाई फिरौति दिएको हिसाब मिलानमा केडिया परिवारमा अंशवण्डा

२०७३ जेठ १६ गते अपहरण मुक्त भएका सुरश केडियाको रिहाइको लागि परिवारजनले बुझाएको १० करोड रकमको आन्तरिक हिसाब-किताब मिलाउन केडिया परिवारमा भने अंशवण्डा भएको पाइएको छ। अपहरित उद्योगी केडिया फिरौति दिएर अपहरणमुक्त भएको उतिबेला वीरगन्ज उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष प्रदीप केडियाले अनाहक बदनाम गर्न खोजेको बताए पनि अहिले आन्तरिक हिसाब मिलानपछि दुवै अलगअलग बस्दै आएको पारिवारिक श्रोतले बताएको छ।

अपहरणको मुख्य योजनाकारमध्ये पासवान पक्राउ परेपछि १० करोड फिरौति बुझाएरै छुटेको मात्र होइन त्यो पैसाको भागबण्डा नमिल्दा जेलबाट योजना बनाउने अर्का मुख्य योजनाकार बब्लु दुवेको भने हत्यासमेत भएको खुलेको पासवानको भनाइले पुष्टि गरेको छ। केडिया परिवारका सदस्यहरू भने अझै यी कुनै विषयमा मुख खोल्न तयार छैनन्। उनीहरू यो विषयमा केही नसोध्नुस् मात्र भन्छन्। फिरौति दिएर मात्र छुटेको सो समयमा केही भारतीय सञ्चार माध्यमले भने १० करोड फिरौति दिएर मात्र छुटेको बताएका थिए। दुवै देशका प्रहरीले भने आफूहरूको सक्रियतामा केडियालाई अपहरणकारीले छोडेर भागेको दावी गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.