|

बैतडी : जेसीबीले किच्दा बैतडीमा शनिवार बेलुका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाटन नगरपालिका २ का १९ वर्षीय पूर्णानन्द पाण्डेय रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए।

शनिबार बेलुका ५ बजेतिर क्याम्पस लाइनमा पैदल हिँडिरहेका पाण्डेलाई विमानस्थलतर्फ गइरहेको जेसिबीले किच्दा उनको घटनास्थलमै मृत्यु भएका हो। पाण्डेयको शव परीक्षण लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ।

मृतक पाण्डेय पाटनस्थित भीमदत्त पोलिटेक्निल इन्स्च्यिुटमा आइएसी एजीमा अध्ययनरत रहेका थिए। ठिक्कर दिने चालक फरार रहेका छन्।  फरार चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.