|

सुर्खेत : हवाई जहाजको टिकट नपाएपछि हुम्ला जाने यात्रु सुर्खेतमा अलपत्र परेका छन्। सडक यातायातको विकल्प  नभएको एक मात्र हवाईजहाज भएको हुम्लामा नियमित उडान नभर्दा समस्या भएको हुम्लाबाट व्यापर व्यावसाय गर्न  सुर्खेतमा पुगेका शेरबहादुर रोकायाले बताए।

निजी एयरलाईनस कम्पनीका जहाजले मानिस लाई उडाउनु भन्दा काग्रो समानहरु उडान भर्न फाईदा भएको  भन्दै  यात्रु हप्ताको एकचोटि उडान भर्ने गरेको सुर्खेत स्थित गोमा एयरकम्पनीका चन्द्रजङ्ग शाहीले बताए। हुम्लाको लागि यात्रु उडानमा गर्दा ५० प्रतिशत जहाज कम्पनी लाई घाटा पर्ने भएकोले काग्रोमा उडान गरेमा ११ हजार मुनाफा भएको बताए।

निजी एयरलाइन्सका जहाजले सुर्खेत र नेपालगन्ज बाट हुम्लाका लागि नियमित यात्रु उडानका लागि सरकारले गरेको सम्झौता तोडेर मन परि भाडा उठाएर उडना भर्ने गरेको  खार्पुनाथ गाउँपालिका–१का शक्ति बहादुर ऐडीले जानकारी दिए। आफनी श्रीमती लाई उपचार गराउन सुर्खेतमा  पुगेका खार्पुनाथ गाउँपालिका  ५ निवासी रामसिह सुनार भने आफुले टिकटको लागि धाएको  १२दिन भएको तर अहिले सम्म जहाजको टिकट नपाएर भौतारिनु परेको गुनासो पोखे।  'उपचार गर्दा खर्च सकिएको र आफूले कसै लाई चिनेको पनि छैन,'  उनले भने।हवाई टिकट नपाउँदा  सुर्खेतमै ४० जना यात्रु ऋण गरेरै होटलमा बस्नु पर्ने  बाध्य भएको  बुद्धिराम बुढाले बताए। 

हवाई टिकटका लागि हप्तौ दिनदेखि  विमानस्थलमा धाउने  र साँझ पख होटलमा फर्किने गरेको सिमकोट गाउँपालिका ५ निवासी गोरा रावतले बताए। नेपालगन्ज र सुर्खेत बाट हुम्लाका लागि हवाई उडान र्भर्र्दै आइरहेका निजी कम्पनीका जहाज गोमा एयर, तारा एयर र शिताएरले भाडादर एउटै  तोकियता पनि अहिले  विभिन्न कारण देखाउँदै निजी विमान कम्पन्नी र काग्रोमा काम गर्ने कम्पनीका मालिकहरुले मनपरि भाडा उठाउने गरेको सर्कैगाढ गाउँपालिका उपाधयक्ष जोशी धामीले जानकारी दिए। सुर्खेत बाट हुम्लाका लागि ५ हजार ८सय रुपायाँ  लिने गरेको भय पनि हुम्ला जनउकता समाजले २सय नलिने निर्देशन दिए पछि २सय फिर्ता  गरेको छ।

हुम्ली जनएकता समाजका अध्यक्षय कलबहादुर लामाले अहिले सम्म २ वटा फलाईटको पैसा लिएको र अब देखि हुम्ला जाने यात्रु बाट रकम नलिने निर्देशन गरेको बताए। निजी विमान कम्पनीलाई उडानमा बिरामी, अशक्त, अपांग र विद्यार्थीलाई विशेष प्राथमिकतामा राखेर टिकट वितरणको प्रवाधान समेत रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.