|

तनहुँ : ऋषिङ गाउँपालिका–६ सार्की चौतरास्थित भित्री कच्ची सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ऋषिङ गाउँपालिका–५ की ३५ वर्षीय ओममाया रानाको घटना स्थलमै मृत्यु भएको हो।

ऋषिङबाट सपौँदीतर्फ जाँदै गरेको ग१त५३१० नम्बरको ट्याक्टर अनिन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खस्दा महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। घाइतेहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने चालक फरार रहेको अर्यालले बताए। फरार चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

ऋषिङ–५ का ३२ वर्षीय बलबहादुर पाटा मगर, सोही ठाउँकै ५० वर्षीय खिनीमाया पाटा मगर, १८ वर्षीय कुमारी थापा, ५० वर्षीय मोतीलाल राना मगर, ५० वर्षीय हेमबहादुर राना, ८ वर्षीया मनिषा थापा र नवलपरासी बुलिङटारका २० वर्षीय सहचालक कृष्ण कुमाल घाइते भएका छन्। बलबहादुर, खिनीमाया र कुमारी गम्भिर घाइते रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.