|

जनकपुरधाम : स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. चन्द्रकान्त (सिके) राउतले राष्ट्रिय अखण्डतामा आँच आउने गतिविधि त्यागेको सरकारी दाबी गरेको दुई दिन नबित्दै जनकपुरधाममा स्वतन्त्र मधेश अर्थात् फ्रि मधेशको नारा गुञ्जेको छ। 

नेपाल सरकारसँग गत शुक्रबार काठमाडौंको राष्ट्रियसभा गृहमा भव्यतापूर्वक ११ बुँदे सम्झौतापछि पहिलो पटक मधेश आएका राउतका कार्यकर्ताहरूले विखण्डनकारी नाराबाजी गरेका हुन्। काठमाडौंबाट जनकपुरधाम आएका डा. सिके राउतलाई स्वागत गर्न पुगेका कार्यकर्ताहरूलाई जनमत संग्रह, आजाद मधेश र मधेश देश लेके रहेंगे जस्ता नारा लगाए थिए।

गठबन्धका एक नेताका अनुसार जनकपुरधाम आएका राउतलाई स्वागत गर्न लागि पुगेका गठबन्धनका कार्यकर्ताहरूले विमानस्थललाई अघोषित रूपमा कब्जामा लिएर मधेश आजादको नारासँगै झण्डा फहराएका थिए। बिहीबार अदालतको आदेशबाट रिहा भएपछि शुक्रबार सरकारसँग राउतले नेपालको अखण्डता तथा सार्वभौमिकतामा आँच आउने कुनै क्रियाकलाप नगर्ने सम्झौता गरेका थिए।

सरकारले सिके राउतसँग राष्ट्रिय अखण्डता सुनिश्चित गर्दै सहमति भएको बताए पनि सिके राउतका कार्यकर्ताले स्वतन्त्र मधेशका पक्षमा झण्डा बोक्नेदेखि नाराबाजी गर्नेसम्मका गतिविधि गरिरहेका छन्।

सिके राउतको सुरक्षाका लागि निजी सुरक्षा गार्ड

‘स्वतन्त्र मधेश’ गठबन्धनका संयोजक डा. सिके राउतको आफ्नै सुरक्षा गार्ड जनकपुरधाम विमानस्थलमा देखिएका छन्। नेपाल सरकारसँग ११ बुँदे सहमतिपश्चात जनकपुरधाम आउने क्रममा राउतलाई स्वागत गर्न कार्यकर्ता र सुरक्षाका लागि सुरक्षा गार्ड विमानस्थल पुगेका थिए। विमानस्थलमा सिकेको सुरक्षाका लागि ८ सुरक्षागाडी खटिएका थिए।

‘सिके राउत ज्यू आउँदा भीडभाड नियन्त्रण, अनावश्यक प्रश्न, सुरक्षा व्यवस्थापन र अप्ठ्यारो परिस्थितिलाई मध्यनजर गर्दै निजी सुरक्षा गार्ड खटाइएको छ’ एक कार्यकर्ताले भने। सुरक्षा गार्डहरूले प्रहरीजस्तै बुलेट प्रुफ ज्याकेट, टाउकोमा रातो कपडा र स्वतन्त्र मधेश गठबन्धनको झण्डा बाँधेको, मास्कले मुख छोपेको, आँखामा चश्मा लगाएको देखिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.