|

रौतहट : रौतहटको गौरमा आयोजित प्रदेश २ को प्रदेश सरकारको बेटी पढाऊ, बेटी बचाऊ अभियानलाई सफल बनाउने उद्देश्यले संचालित नगरस्तरीय महिला फुटबल प्रतियोगिताको आइतबार भएको अन्तिम खेलमा गौर नगरपालिकालाइ १ कोविरुद्ध १५ गोल गर्दै चन्द्रपुर नगरपालिका बिजेता बनेको छ।

चन्द्रपुर टिमकी जर्सी नं. ९ की रजनी ठोक्करले खेलको ३ औँ मिनेटमा गोलको वर्षा शुरु गरेकी थिइन्। खेलको हाफ टाइममा चन्द्रपुरले ७ गोल गरेर जितलाइ सुनिश्चता बनाएको थियो। हाफ टाइमपछि फेरि चन्द्रपुरले ८ गोल गरी १५ गोल गरी ठूलो अन्तरले नगरस्तरीय महिला फुटबलको उपाधि जितेको छ।

हाफ टाइमपछि गौर टिमकी जर्सी नं. १० की मोनिका पटेलले १ गोल गरेर खाता खोलेकी थिइन्। खेलको अन्तिम गोल भने चन्द्रपुरकी जर्सी नं. १३ की दिपीका ठोकरले गरेकी थिइन्। गत फागुन १३ गतेदेखि शुरु भएको उक्त खेलमा रौतहट जिल्लाभरीका ११ वटा नगरपालिका र १ ब्याबसन गरी १२ वटा महिला टिमले खेलमा भाग लिएको थियो। विजेता टिमलाई डिस होमले ५१ हजार धनराशिसहितको शिल्ड र उपविजेता टिमलाई आरडिसीले २५ हजारसहितको कप पुरस्कार वितरण गरेको आयोजक संस्था स्थानीय विकाश केन्द्र, गौरका अध्यक्ष दिनेश यादवले जानकारी दिए।

खेलमा रौतहटको चन्द्रपुर, गरुडा, बृन्दावन, गुजरा, कटहरिया, गौर, इशनाथ, गडीमाई, राजदेवी, देवाही गुनाही नगरपालिका, दुर्गा भगवती गाउँपालिका र ब्याबसन गरी १२ वटा टिमले खेलमा सहभागिता जनाएको अध्यक्ष यादवले जानकारी दिए। कार्यक्रममा प्रदेश २ का अर्थमन्त्री ज्ञानेन्द्र यादबले बेटी पढाऔ, बेटी बचाऊ अभियानलाई यस्ता खेलले महत्वपूर्ण अर्थ राख्ने बताए। विजेता खेलाडीलाई पुरस्कार वितरण गदै अर्थमन्त्री यादवले खेल जगतले प्रदेशको साथसाथै देश कै नाम उच्च राख्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.