|

काठमाडौं : झापा गोल्डकप फुटबलको उपाधिका लागि विभागीय टिम नेपाल आर्मी र आयोजक झापा–११ बीच प्रतिस्पर्धा हुँदैछ

विर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा साेमबार अपरान्ह तीन बजे हुने खेलमा दुवै टिमले आफूले उपाधि जित्ने दाबी गरेका छन्। आर्मी दुई पटकको उपाधि बिजेता टिम हो भने झापाले यसअघिका तीन वटै संस्करणमा फाइनल पुगेर पनि उपाधि जितेको छैन्।

आर्मी र झापा अहिले तेस्रो पटक झापा गोल्डकपको उपाधिका लागि भिड्न लागेका हुन्। यसअघि पहिलो र तेस्रो संस्करणमा भएको दुवै उपाधि भिडन्तमा आर्मीले उपाधि कब्जा गरेको थियो। 

सेमिफाइनलमा झापाले थ्रीस्टारलाई र आर्मीले क्यारुनी क्लब दाउफिन्स एफसीलाई क्लबलाई पराजित गर्दै उपाधि नजिक पुगेका हुन्।  उपाधि विजेताले नगद १२ लाख ५० हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.