|

भारतीकाे  निर्वाचन आयोगले आगामी लोकसभा निर्वाचनमा हुने प्रचारप्रसारलाई कडाई गर्ने भएको छ।

आगामी महिना हुन लागेको लोकसभा निर्वाचनका लागि उम्मेदवारहरुले सामाजिक संजालमा गर्ने खर्च पनि निर्वाचन आयोगले अनुगमन गर्ने भएको हो।  भारतका मुख्य निर्वाचन आयुक्त सुनिल अरोडाले सामाजिक संजालहरुमा पनि आचार संहिता लागू गर्ने र सामाजिक संजालमा गरिएको खर्चको पनि निर्वाचन आयोगले अनुगमन गरी जम्मा खर्चमा जोड्ने बताएका छन्।

साथै सामाजिक संजाल कम्पनीहरुले समेत आफूहरुले राजनीतिक विज्ञापन गर्नेबारेको जानकारी निर्वाचन आयोगलाई दिनुपर्नेछ। निर्वाचन आयोगको स्वीकृतिपछि मात्रै सामाजिक संजालमा विज्ञापन गर्न पाइनेछ। भारतमा आगामी ११ अप्रिलदेखि लोकसभाको निर्वाचन हुँदैछ।

सात चरणमा हुने निर्वाचन नजिकिँदै गर्दा त्यहाँको मुख्य राजनीतिक दल भारतीय जनता पार्टी भाजपा, भारतीय कांग्रेसलगायतले प्रचार प्रसार तिब्र पारेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपा र राहुल गान्धी नेतृत्वको भारतीय कांग्रेसबीच कडा टक्कर हुने जनाएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.