|

थाइल्याण्डका एक धनाढ्य ब्यापारीले आफ्नी छोरीसँग विवाह गर्ने केटालाई दुई लाख चालिस हजार पाउण्ड अर्थात् करिब तीन करोड ५० लाख नेपाली रुपैयाँ दिने घोषणा गरेका छन्। 

थाइल्याण्डको दक्षिणी प्रान्त चुन्फोन प्रदेशका व्यापारी अर्नोन राडथोंगले आफ्नी कुमारी छोरी कार्नसितासँग विहे गर्नेलाई उक्त रकम उपलब्ध गराउने घोषणा गरेका हुन्।  ती व्यापारीले आफ्नी छोरी कुमारी भएको पनि दाबी गरेका छन्। २६ वर्षीया कर्निता ब्याचलर पढेकी छन् भने चिनियाँ र अंग्रेजी भाषा बोल्न सक्छिन्।

५८ वर्षका अर्नोन कृषि फर्मका मालिक हुन्। उनले आफ्नी छोरीसँग बिहे गर्ने केटामा तीन योग्यता हुनु पर्ने शर्त अघि सारेका छन्। केटा स्मार्ट हुन जरुरी छैन तर पढ्न लेख्न जानेको हुनुपर्ने, परिश्रमी हुनु पर्ने अनि मितव्ययी र फलफूललाई माया गर्ने हुनु पर्ने छ। 

उनले आफ्नी छोरीले आफ्नो ब्यापारमा सहयोग गर्दै आएकी  बताएका छन्। ती व्यापारीले छोरीको विवाह नभएका कारण तनाव भएकाले यस्तो फैसला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले उल्लेख गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.