|

उदयपुर  : गएको शनिबार मात्र मदन भण्डारी लोकमार्ग निर्माणमा प्रयोग गरिएको ना१क ८३४७ नम्बर टिफरको ठक्करका कारण बा९३प ९४३२ नम्बरको मोटरसाईलमा सवार एक जनाको मृत्यु भयो। मोटरसाईलमा सवार उदयपुरगढी गाउँपालिका ७ का ४८ बर्षे बलबहादुर मगरको मृत्यु भयो भने, सुजन मगर गम्भिर घाईते भए। मोटरसाईल चालक सुजन र बलबहादुर बाबु छोरा हुन।

लोकमार्ग निर्माणमा प्रयोगहुने सवारी साधनहरु सहचालकले चलाउने भएकाले दुर्घटना भएको प्रहरीको दावी छ। यस्तै केही दिन अघि मात्र उदयपुरको कटारी बजारमा तीव्र गतिको  ट्रकको ठक्करबाट कटारी नगरपालिका ५ कास्थानीय दिलबहादुर राईको छोरा ४ वर्षीय मौसम राईको घटनास्थलमै मृत्यु भयो। कटारीबाट सोलुखुम्बुका लागि हिँडेको ना ४ ख ८८९८ नम्बर ट्रकले ठक्कर दिएको थियो।

माथिका दुई घटनामा उदाहरण मात्र हुन्। उदयपुरमा चालु आर्थिक वर्ष ०७४÷०७५ सुरु भएको गएको ७ महिनामा ८३ दुर्घटनामा परी २८ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका अनुसार गएको साउनदेखि हालसम्म ८३ वटा दुर्घटनामा परि २३ जना पुरुष, ३ जना महिला र २ जना बालकको ज्यान गईसकेको छ। कार्यालयका अनुसार ८३ वटा दुर्घटनामा परी ४८ जना भन्दा बढी गम्भिर घाइते भएका छन भने एक सय भन्दा बढी सामान्य घाइते भएका छन्।

धेरै दुर्घटना हुनेमा ट्याक्टर

सबैभन्दा धेरै दुर्घटना पर्ने सवारी साधन ट्रयाक्टर परेको छ। ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्रयाक्टर दुर्घटनामा मात्र १० जनाको ज्यान गएको छ भने मोटर साइकल दुर्घटनामा ७ जनाले ज्यान गुमाएका छन्।

ट्रयाक्टरको साथ साथै टिफरबाट ३ र ट्रकको ठक्करबाट ४ जनाले सडक दुर्घटनामै ज्यान गुमाउन परेको छ। जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बस र अटो रिक्साबाट एक÷एक जनाको ज्यान गएको जिल्ला ट्राफिक कार्यालय उदयपुरको भनाइ छ। ‘जुन आर्थिक वर्षमा हेर्दा पनि ट्याक्टर दुर्घटना बढेको देखिन्छ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटका प्रमुख दिनेश श्रेष्ठले भने, ‘पहाडी क्षेत्रमा प्रयाप्त सावरी साधान नहुँदा लोड भएका ट्याक्टरमा यात्रु चढेर झनै लोड थप्दा पनि दुर्घटना हुने पाइन्छ।’

ट्राफिक नियम पालना नगर्दा बढी दुर्घटना

जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटका प्रमुख चौधरीका अनुसार क्षमता भन्दा बढी यात्रु बोक्ने, तिव्र गति र मादक पदार्थ सेवनले दुर्घटना बढेको छ। ‘जानी जानी ट्राफिक नियम उलंघन गर्दा दुर्घटना बढेको देखिन्छ,’ उनले भने, ‘सवारी चालकहरु अराजक बन्दा दुर्घटना बढेको हो।’

बाटोघाटोको अवस्था हेरेर सवारी चलाउनेदेखि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएपनि चालक र सहचालकको लापरबाहीले पनि दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको दाबी छ।

दुर्घटनाको मुख्य कारण ट्राफिक नियम पालना नगरेर सवारी चलाउने, सवारी साधनको बढ्दो चाप तथा ट्रयाक नखुल्दै सवारी चलाउन खोज्दा दुर्घटना बढी रहेको छ। पहाडी क्षेत्रमा जोखिमपुर्ण सडकै कारण छ। उदयपुरको पहाडी क्षेत्रमा प्रयाप्त सवारी साधन नपाउँदा ट्याक्रमा समेत यात्रा गर्नु परेकाले ट्याक्टर दुर्घटना बढेको जानकारहरुको भनाइ छ। सवारी चालक र सहचालकलाई ट्राफिक नियमको बारेमा सचेतना जगाउँदै सर्वधारणलाई चेतना दिनुपर्ने वेला आएको चौधरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.