समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
SHARES

फागुन २८, २०७५

    नुवाकोट : विदुर नगरपालिका–५ माझीटारमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ। 

    देवीघाटबाट घरतर्फ जाँदै गरेको समयमा मोटरसाइकल दुर्घटना हुँदा चालक विदुर–९ लामाटारका १७ वर्षीय विनोद थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले जानकारी दिए। 

    उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका विनोदको उपचारको क्रममा जिल्ला अस्पताल त्रिशुलीमा पु¥याएको केही समयमा नै मृत्यु भएको हो। बा ६३ प ५६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ मोटरसाकइलमा सवार १५ वर्षीय विशेष थापामगर घाइते भएका छन्। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]