|

पोखराः नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको सम्झौता राष्ट्रघाती भएको आरोप लगाएका छन्।
मंगलबार प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै देउवाले मुलधारको राजनीतिमा ल्याउने नाममा राष्ट्रघाती सम्झौता भएको बताएका हुन्। 

‘प्रधानमन्त्री ओलीले सम्झौता पत्रमा हस्ताक्षर गर्ने उता सिके राउतले जनमत संग्रह गर्ने र देश टुक्राउने कुरा गर्छन् हामी यसलाई कसरी स्वीकार्न सक्छौं,’ देउवाले भने, ‘यस विषयमा न यता प्रधानमन्त्रीको खण्डन आउँछ, जनकपुरमा जनमत संग्रहको नारा घन्किछ।’

सरकार यस्तै यस्तै गतिविधिले अधिनायकवाद तर्फ उन्मुख भएको उनको भनाइ छ। त्यस्तै आफ्नै पालामा अध्यादेशमार्फत ल्याएको चिकित्सा विधेयकलाई अहिलेको सरकारले तोडमोड गर्दा चिकित्सा क्षेत्रमा अराजकता मौलाएको टिप्पणी गरे। 

देउवाले सरकार विभिन्न बाहनामा संघीयता असफल बनाउन लागि परेको समेत आरोप लगाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.