समाज

जन्ती बोकेको बस मकवानपुरमा दुर्घटना, दुई जनाको मृत्यु
SHARES

फागुन २८, २०७५

    हेटौँडा : भक्तपुरबाट हेटौँडाका लागि गएको बस मकवानपुरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

    मंगलबार भएको उक्त दुर्घटनामा १७ जना घाइते भएका थिए जसमा पाँच जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ। जन्ती बोकेको बस मकवानपुरको गढी गाउँपालिकाको चैनपुर भन्ने ठाउँमा दुर्घटनामा परेको हो।

    ना २ ख २२१७ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। प्रहरी अहिले उद्दारमा लागेको जिप्रका मकवानपुरले जानकारी दिएको छ। 

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बसमा २८ जना सवार थिए। घाइतेलाई थप उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ। मृतकको पहिचान खुलेको छैन।

    दुर्घटनाको उद्दार गर्नका लागि मकवानपुरका डिएसपी यज्ञप्रसाद भट्टराई नेतृत्वको टोली घटनास्थलमा पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]