|

पर्सा : आन्तरिक समन्वयको कमजोरीका कारण पर्सामा सामूहिक रूपमा बिष सेवन गरेका ३ मध्ये एक किशोरीको मृत्यु भएको छ। पर्साको जिराभवानीपुर गाउँपालिका ४ कि संहिता कुमारीको हिजो बिष सेवनपछि उपचारका क्रममा भारतको इनर्वामा मृत्यु भएको हो।

संहिताको शव पोष्टमार्टमका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। आइतबार बेलुका जिराभवानीपुर गाउँपालिकाकै सेढवाका युवक संजय दास थारूले भगाएर लगेका संहिता कुमारीसँगै गएकी १३ वर्षीया मंनीता कुमारीसहित तीनैजनाले हिजो बिहान सामूहिक रूपमा बिष सेवन गरेको खुलेपछि भारतको इनर्वामा उपचारको लागि लगिएकोमा, संजिता कुमारीको भने उतै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले बताए। 

संजय दास थारूले भगाएकी संहिताकुमारी र संजयको बीचमा प्रेम सम्बन्ध बढ्दै गएको भए पनि संजयकै साथी राज चौधरीसँग निकट रहेकी भनिएकी १३ वर्षीया मंजिता कुमारीले पनि बिष सेवन गर्नुको कारण खुलिनसकेको पर्साका प्रहरी प्रवक्तासमेत रहेका शर्माले बताए। 'भारतको इनर्वामा नै उपचारको क्रममा रहेका संजय र मंजिता कुमारी डिष्चार्ज भएर आएपछि सोधपुछ नभएसम्म बास्तविकता बाहिर आउन गाह्रो हुन्छ' उनले भने। 

यता संजय दास थारूसँगै ती किशोरीहरूलाई भगाउन पुगेका चार/पाँच जनाको समूहमा आएका युवामध्ये ४ जनालाई भने स्थानीयले नियन्त्रणमा लिएर त्यहाँको प्रहरी चौकीमा बुझाएको प्रहरीको भनाइ छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अहिले सोधपुछ हुँदैछ। उनीहरूको बयानका आधारमा संजय र संहिता तथा राज र मंजिता कुमारीका बीचमा प्रेम सम्बन्ध रहेको भन्ने खुलासा  भएको हो। भाग्ने भगाउने पनि सबै १८ वर्षभन्दा कम उमेरका छन्।

स्थानीयको भनाइअनुसार संजयले भगाएर लगेकी संहिता कुमारीलाई परिवारजनले नस्वीकार्ने भएपछि यो घटना भएको हुन सक्ने जनाइएको छ। मृतक संहिता कुमारीको भने वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पोष्टमार्टम हुने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक शर्माले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.