|
प्रतीकात्मक तस्बिर

जनकपुरधाम : धनुषामा आगोले जलेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। धनुषा जिल्लाको बिदेह नगरपालिका-५ मुडिबा बस्ने श्रीचन महराको ३० वर्षीया श्रीमति रुसादेवी महरा आगोले जलेर घाइते भएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

फागुन २६ गते आफ्नै घरको अगेनामा बच्चाको लुगा सुकाउने क्रममा आचानक आगो सारीमा सल्किन गई गम्भीर घाइते भएकी महरालाई उपचारको लागि जनकपुरधामस्थित थापाचोकमा रहेको समर अस्पतालमा उपचारपश्चात थप उपचारको लागि जनकपुर अंचल अस्पतालमा ल्याइएकोमा त्यहाँ नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

धनुषा गणेशमान चारनाथ नगरपालिका-६ मा एक मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।  धनुषाको गणेशमान चारनाथ नगरपालिका भित्रि सडक खण्डको ऐलानीबाट गोदार जाने क्रममा पैदल यात्रुलाई सोमबार राति ठक्कर दिँदा ७० वर्षीय बृद्धको मृत्यु भएको हो।

मृत्यु हुनेमा सोही नगरपालिका बस्ने ७० वर्षीय रामवृक्ष ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। स४प ३९६९ नम्बरको मोटरसाइकलले ठक्कर दिई गम्भीर घाइते भएका ठाकुरको स्थानीय अस्पतालमा प्रारम्भिक उपचारपश्चात थप उपचारको लागि जनकपुर अंचल अस्पतालमा ल्याउदै गर्दा बाटोमा मृत्यु भएको हो।

ठक्कर दिने मोटरसाइकल र चालक सोही नगरपालिका बस्ने १७ वर्षीय आकास महतोलाई प्रहरी चौकी पोर्ताहा, धनुषाले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय ढल्केवर, धनुषामा पठाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.