|

उदयपुर : प्रदेश १ सरकारका आन्तिरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले कर्मचारी अभावकै कारण बजेट कार्यान्वयमा समस्या भएको बताएका छन्। मंगलबार प्रेस संगठन उदयपुरले नेपाल पत्रकार महासंघको कार्यलयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम मन्त्री कार्कीले यस्तो बताएका हुन्।

मन्त्री कार्कीले प्रदेश १ सरकारले ल्याएका धेरै विकास निर्माणका योजनाहरु कर्मचारी अभावकै कारण कार्यन्वय चरणमा जान नसकेको दुखेसो पोखे। ‘हामी कर्मचारी माग्दै, तत्काल गर्नु पर्ने काम गरिरहह्यो,’ उनले भने, ‘प्रदेश सरकारको पनि पहिलो कार्यकाल भएका कारण अनुभवमै वित्यो, खासै उपलब्धि देखाउन सकिएन।’

अनुभवबीना नयाँ संरचना बनाउँदै जानुपर्ने बताउँदै मन्त्री कार्कीले भने 'प्रदेश सरकारले योजनाका प्रथामिकताहरू कषि, पर्यटन राखेर कामअघि बढाएको छ, कर्मचारी अभावकै कारण कार्यन्वयमा समस्या भएको छ, आउने आर्थिक वर्षबाट प्रदेश सरकारले  देखिने गरी काम गर्नेछ।'

प्रदेश सरकारको बजेट कार्यन्वयमा कमजोर भयो भन्ने कुरा उठिरहेको भन्दै मन्त्री कार्कीले कर्मचारीको पूर्णरूपमा अभाव भएकाले सोचेअनुसार काम गर्न नसकेको बताए।

नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति उदयपुरले पत्रकार महासंघको कार्यलयमा मिडिया सेन्टर बनाउन माग पत्र बझाएको थियो। पत्रकार महासंघ उदयपुरमा मिडिया सेन्टर निर्माणको लागि आर्थिक सहयोग प्रदेश सरकारसँग मागिएको महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.