|

पर्सा : साइनबोर्डसमेत नराखी अवैध ढंगले किटनासक औषधि उत्पादन गर्दै आएको एक किटनासक औषधि उद्योगमा जिल्ला प्रशासन कार्यालय पर्सासहितका नियमनकारी निकायले सिलबन्दी गरेका छन्। अनुगमनका क्रममा उद्योग संचालकले कुनै प्रकृया पूरा नगरी अवैध ढंगले किटनासक औषधि उत्पादन गर्दै आएको भेटेपछि नियमनकारी निकायले मंगलबार किसान एग्रो केमिकल्स वीरगन्ज नेपालमा सिलबन्दी गरिएको हो।

उद्योग संचालनको स्वीकृति वीरगन्ज महानगरपालिका २४ रामगढवामा लिएर वडा नम्बर ४ बाट अवैध रूपमा किटनासक औषधि उत्पादन गर्ने गरेको भेटिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत उज्वलबहादुर बस्नेतले बताए। 'अवैध तरिकाले वीरगन्ज महानगरपालिका ४ मा रहेको उद्योगबाट हुँदै रहेछ। त्यहाँ न साइनबोर्ड छ, न कुनै आवश्यक कागजपत्र छ, न त कुनै प्रकृया नै अपनाइको रहेछ। सबै काम गतल भएपछि सिलबन्दी गरिएको छ',  उनले भने, 'कृषि बालीमा हान्ने किटनासक औषधी म्याद गुज्रेको समेत त्यहि रिप्याकिङ हुँदो रहेछ। त्यो कारणले पनि आवश्यक कार्वाही गर्नुको विकल्प रहन।'

आम मानिसले उपभोग गर्ने तरकारी तथा फलफूलमा प्रयोग हुने किटनासक औषधि उत्पादन र बिक्री वितरण गर्न उद्योग संचालक स्याम तुल्स्यानले त्यो ठाउँबाट कुनै स्वीकृति नलिएको र मिति हाल्ने, म्याद नाघेका औषधिसँगै राखेर रिप्याकिङ गर्ने पनि गरेका भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक मानबहादुर राईले बताए। 'सामान उत्पादन गर्दा उद्योगमै उत्पादन मिति तथा म्याद सकिने मिति लेबललगायत तयारी गर्नु पर्ने कामहरू उद्योगमै गर्नुपर्ने हुन्छ। तर, गोदाममा ल्याएर नयाँ प्याकिङको लेबल तयार गरी टास्ने गरिएको अनुगमनको क्रममा भेटियो', उनले भने।

उद्योग संचालन ऐन र कुनै प्रकृयाले पनि नमिल्ने भएपछि सिलबन्द गरी तत्कालै कार्वाहीको प्रकृया अगाडि बढाइएको अनुगमन टोलीका प्रमुखसमेत रहेका जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत बस्नेतको दावी छ। 

त्यो उद्योगले उत्पादन गरेको कि–प्लेक्स केमिकल्स धान, आलु, टमाटर, काउली, बन्दा, केरा, सुन्तला, स्याउ, काक्रो, बोडी, खुर्सानी जस्ता तरकारी, फलफुलमा प्रयोग हुने कृषि केन्द्र वीरगन्जका कृषि वाली अधिकृत समसुल हकले बताए। 'उद्योगले तरकारी उत्पादन गर्ने किसानहरूले प्रयोग गर्ने कि–प्लेक्स केमिकल्स लिक्विड माइक्रो नेचुरल्स फर्टिलाइजर जस्ता किटनासक औषधि उत्पादन र बिक्री गर्ने गरेको भिटियो। तर, त्यसको दशीप्रमाण भने केही फेला परेन। राजश्व बुझाएको तथ्यांक पनि कम्प्युटरमा केही नरहेकोले गतिविधि गम्भीर देखिएकाले शिलबन्दीमा पुगेको हो' वाणिज्य कार्यालय पर्साका ओमनाराणय शर्माले भने।

किसान एग्रो केमिकल्सको उद्योग वीरगंज महानगरपालिका-२४ मा रहेछ बिर्ता वीरगन्जमा त गोदाम मात्रै रहेको तर सारा काम भने बिर्ता नजिकै रहेको गोदामबाट हुने गरेको खुलेपछि कडाइ गरिएको आन्तरिक राजश्व कार्यालय वीरगन्जका कर अधिकृत नेत्रप्रसाद घिमिरेले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.