|

दाङ : महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अखण्ड नेपालको विरुद्धमा लाग्नेहरूमाथि कानुनी कारबाही हुने बताएका छन।

मंगलबार उच्च सरकारी वकिल कार्यालय तुलसीपुरको नयाँ भवन उद्घाटनमा खरेलले फागुन २४ गते नेपाल सरकार र डा. सिके राउतबीच भएको सम्झौता उलंघन भए कारबाही हुने बताएका हुन। उक्त सम्झौता उलंघन हुने क्रियाकलाप भइरहेको सार्वजनिक भइरहेका बेला महान्यायाधिवक्ता खरेलको यस्तो भनाइ आएको हो।

'उक्त सम्झौताको अहिले विभिन्न कोणबाट विश्लेषण भइरहेको छ, यदि सम्झौता विपरीत काम गरे फेरी कानुनी दायरामा ल्याइनेछ', उनले भने। उनले थपे, 'राउतसँग सम्झौता भएपछि सरकार छ कि छैन? भनेर प्रश्न उठिरहेको छ, यदि अखण्ड नेपाललाई कसैले टुक्र्याउन खोज्छ भने राज्य र अदालतले कानुनी दायरामा ल्याउँछ।’

खरेलले न्यायलयले न्यायपूर्ण समाज निर्माण गर्ने भएकाले सबैलाई न्यायपूर्ण काम गर्न आग्रह गरेका छन। उच्च सरकारी वकिल कार्यालय पीडितहरूको अड्डा भएकाले पीडितलाई न्याय र पीडकलाई कानुनी दायरामा ल्याउने कार्यमा थप प्रभावकारी बनाउन उनले आग्रह गरेका थिए।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीले न्यायालय जनताप्रति बफादार हुनुपर्ने बताइन।

उक्त भवन चार करोड ३९ लाख ६५ हजार लागतमा निर्माण भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.